NIMB Header 2
Nepal Life

सपनाको संकेत, यी सपनाले दिन्छन् यस्तो फल

National Life
  • BFIS News
  • 2023 Sep 23 18:53
सपनाको संकेत, यी सपनाले दिन्छन् यस्तो फल
Sanima Reliance

काठमाडौं । सपनाले भविष्यमा हुनेवाला राम्रो–नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । रातमा ४ प्रहर हुन्छन् । पहिलो प्रहर, दोस्रो प्रहर, तेस्रो र चौँथो प्रहर। जुन सपना रातको पहिलो प्रहरमा देखिन्छ, त्यो सपनाले एक वर्षमा फल दिने खालको हुन्छ ।

Shikhar
NIMB

दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुन्छ । तेस्रो पहरमा देखिएको सपनाको फल एक महिनामा प्राप्त हुन्छ । चौंथो प्रहरमा देखिएको सपनामो फल १५ दिनमा प्राप्त हुन्छ । अरुणोदयको बेलामा सपना देख्यो भने एक दिनमा नै सपनाको फल प्राप्त हुन्छ । बिहानी पख सपना देखेर फेरि निदाएन भने त्यो तत्काल फलदायक हुन्छ ।

दिनमा आएका अनेक तर्क र वितर्क र वृतान्तहरु राती स्वप्नमा देखियो भने त्यस्तो सपनाको कुनै फल हुदैन । होस हराएको, सार्‍है डराएको, दिसा पिशाबले च्यापेको, नाङ्गै सुतेको, कपाल फुकाएर सुतेको वा सुतेकी, यस्तो बेलामा देखिएको सपनाको कुनै जाती नजाती फल हुँदैन । जसले राम्रो सपना देखेर निन्द्राको तालमा फेरी सुत्यो भने तथा रात्रिमै कसैलाई आफूले देखेको सपनाको बारेमा सुनायो भने सपनाको फल पाईदैन वा कुनै चिन्तामा परिनेछ ।

आफूले देखेको सपना शत्रुलाई सुनायो भने भय प्राप्त होला । मुर्खलाई सुनायो भने विवाद होला । रात्रिमा सपना कसैलाई सुनायो भने चोरको भए हुनेछ ।

के देखे राम्रो, के देखे नराम्रो ? 

सपनामा हात्ती, घोडा, गाई, पर्वत, तरवार, देवल तथा रुख चढेको देखियो भने अथवा त्यही बसेर केहि खायो भने, रोएको देख्यो वा धन कसैलाई दिएको देख्यो भने, हातमा विणा लिएको देख्यो भने विपनामा भूमि लाभ हुनेछ ।

सपनामा घाउ चोट लाग्यो भने कीरा पर्यो भने, झाडा लागे वा रगत मासी परे वा रगतमा मुछिएको देखेमा विपनामा धनवान हुनेछ । अगम्यमा गमन गरेको सपना देखेमा राम्री प्रेमी–प्रेमीका वा राम्री श्रीमती पाईनेछ । कुनै रत्नपूक्त शहरमा गयो भने, समुद्रभित्र पस्यो भने, मदिरापान गरेको देखेमा रामा कुरा सुनिने तथा प्रशस्त धन पाईनेछ ।

सपनामा सुवर्ण, हात्ती, गाई, घोडा, अन्न, बत्ती, कन्या, फलफूल, ध्वजा, रथ, छाता देखियो भने त्यस्तो सपनाले परिवारमा नयाँ मानिसको आगमन हुने तथा यस कृति फैलनेछ । जल–पूर्ण घडा, ब्रहण, बल्दो आगो, फूल उत्तम घर, सेतो धान, नटुला सपनामा देखिए धन लाभ हुनेछ ।सपनामा गाई, घ्यू, नर देखियो भने पुन्य कार्य हुनेछ । इच्छित कार्य सफल हुने तथा धन लाभ हुनेछ ।कमलको पातमा दही, घ्यू, केहि मिष्ठान्न आदी कुनै नदिको तटमा बसेर खाएको देखेमा उच्च पोष्ट तथ कार्यकारी पद पाइनेछ भनि स्वप्न ध्यायमा लेखिएको छ ।

१. आँखामा गाजल लगाउनु – शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु – दुःख पाउने
४. मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु – अन्न महंगो हुनु
६. बाख्रा देख्नु – शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु – विरामी हुने डर

९. पुरी खाएको देख्नु – खुशीको समाचार आउनु
१०. तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु – समस्यामा पर्नु
१३. हरियालीपूर्ण जंगल देख्नु – खुशीयाली आउनु
१४. आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु – धन प्राप्त हुनु
१७. झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु
२२. ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु – धन नाश हुनु
२४. धुँवा देख्नु – व्यापारमा हानी
२५. भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु – आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु – धन नाश हुनु
३४. समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग

३५. गोबर देख्नु – पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु – समस्या बढ्नु
३७. मरेको मानिस देख्नु – रोगबाट मुक्त
३८. गरगहना देख्नु – कार्य पूर्ण हुनु
३९. जुवा खेलेको देख्नु – व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ ।
४१. चील देख्नु – शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु – धन प्राप्त हुनु
४३. कैची देख्नु – घरमा झैझगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु – धन लाभ हुनु
४५. काग देख्नु – कसैको मृत्युको समाचार आउनु
४६. कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु – भाग्य चम्कनु
५०. घोडा देख्नु – संकट हट्नु
५१. मोती देख्नु – छोरी पाउने योग
५२. गाडेको धन देख्नु –अचानक धन लाभ हुनु
५३. झरना देख्नु – दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु
५५. कुवामा पानी देख्नु – धन लाभ
५६. सुन्दर स्त्री देख्नु – प्रेममा सफलता
५७. खुकुरी देख्नु – संकटबाट मुक्ति
५८. चन्दन देख्नु – शुभ समाचार आउनु
५९. नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु – स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु – जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु – शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग
६५. तिर्खा लाग्नु – लोभ बढ्नु

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया