NIMB Header 2
Nepal Life

गगन थापाको चेतावनी : सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत, सरकारले पुनर्विचार गर्नुपर्छ

National Life
  • BFIS News
  • 2025 Sep 04 19:21
गगन थापाको चेतावनी : सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत, सरकारले पुनर्विचार गर्नुपर्छ
Sanima Reliance

काठमाडौं, १८ भदौ २०८२ — नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सरकारले सामाजिक सञ्जालप्रति लिएको पछिल्लो निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमलाई "गलत" र "उल्टो बाटो" भन्दै थापाले तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।

Shikhar
NIMB

आज संसद बैठकमा बोल्दै नेता थापाले सामाजिक सञ्जालमा अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन तथा दुरुपयोग रोक्नका लागि सर्वोच्च अदालतले कानुनी प्रबन्ध गर्न भनेको स्मरण गराउँदै, त्यसको आधारमा सामाजिक सञ्जाल बन्द गर्नु सरकारको गलत कदम भएको टिप्पणी गरे।

"सामाजिक सञ्जाल बन्द गर्ने होइन, आवश्यक कानुन छिटो बनाउनुपर्छ," उनले भने, "राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जालसम्बन्धी कानुनलाई छिटो अगाडि बढाएर उपयुक्त कानुनी संरचना निर्माण गरौं।"

थापाका अनुसार सामाजिक सञ्जाल आजको समयमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक बहस, र सरकारप्रतिको जवाफदेहितामा महत्त्वपूर्ण माध्यम बनेको छ। उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकार संकुचित गर्ने चेतावनी दिए।

"सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र र आम मानिसको दैनिकीसँग सामाजिक सञ्जाल प्रत्यक्ष जोडिएको छ," उनले स्पष्ट पारे, "त्यसकारण यसबारे सन्तुलित र विवेकपूर्ण सोच आवश्यक छ।"

थापाले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्न सम्बन्धित कानुन चाँडो निर्माण गर्न सरकारलाई पुनः आग्रह गरे। "सरकार उल्टो बाटो हिँडेको छ, यो निर्णय पुनर्विचार गरियोस्," थापाको चेतावनी छ।

सरकारले पछिल्लो समय सामाजिक सञ्जाल नियमनका नाममा फेसबुक, टिकटक, युट्युबजस्ता प्लेटफर्महरू बन्द गर्न सक्ने खालको निर्देशन जारी गरेपछि नागरिक समाज र राजनीतिक वृत्तमा यसको आलोचना हुँदै आएको छ। थापाको यो धारणा त्यसैप्रतिको सशक्त प्रतिक्रिया हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया