Nepal Life

आज पूर्ण चन्द्रग्रहण, दिउँसो १:११ बजेपछि भोजन नगर्न सुझाव

NMB Bank
  • BFIS News
  • 2025 Sep 07 11:11
आज पूर्ण चन्द्रग्रहण, दिउँसो १:११ बजेपछि भोजन नगर्न सुझाव
National Life

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले आज पूर्ण चन्द्रग्रहण (खग्रास) लाग्ने जनाएको छ। समितिले जारी गरेको पञ्चांगअनुसार ग्रहण राति १०:११ बजे स्पर्श गर्नेछ। राति ११:५६ बजे ग्रहणको मध्य चरण रहनेछ भने राति १:४१ बजे समाप्त हुनेछ।

Shikhar
NIMB

समितिका अनुसार करिब साढे तीन घण्टासम्म काठमाडौंबाट चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ। २०८२ सालको यो पहिलो ग्रहण हो। समितिले आउँदो फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी पनि दिएको छ।

शास्त्रीय मान्यताअनुसार बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले ग्रहण अवधिभर भोजन नगर्न भनिएको छ। विशेषगरी आइतबार दिउँसो १:११ बजेपछि उनीहरू बाहेक अरूलाई भोजन निषेध गरिएको उल्लेख समितिले गरेको छ।

खगोलशास्त्रअनुसार चन्द्रग्रहण पूर्णिमा तिथिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्दछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया