Nepal Life

एमसीसीअन्तर्गत सवस्टेशन निर्माण अघि बढ्यो, रातामाटेदेखि नयाँ हेटौंडासम्म मुआब्जा वितरण सुरु

NMB Bank
  • BFIS News
  • 2025 Sep 07 11:18
एमसीसीअन्तर्गत सवस्टेशन निर्माण अघि बढ्यो, रातामाटेदेखि नयाँ हेटौंडासम्म मुआब्जा वितरण सुरु
National Life

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ड नेपाल (एमसीए नेपाल) द्वारा अघि बढाइएको ४०० केभी विद्युत् प्रसारण लाइन आयोजनाअन्तर्गत सवस्टेशन निर्माण कार्य अघि बढ्न थालेको छ।

Shikhar
NIMB

जिल्ला प्रशासन कार्यालय नुवाकोटले रातामाटे सवस्टेशनदेखि नयाँ हेटौंडा सवस्टेशन खण्डसम्म पर्ने जग्गाको मुआब्जा वितरण सुरु गरेको जनाएको छ। कार्यालयले हालै सूचना प्रकाशित गर्दै नयाँ दमौली–रातामाटे तथा रातामाटे–लप्सीफेदी खण्ड अन्तरगत पर्ने नुवाकोट जिल्लाका विभिन्न पालिकाभित्रका जग्गाधनीलाई मुआब्जा निर्धारण गरि वितरण प्रक्रिया थालिएको जानकारी दिएको छ।

यस अन्तर्गत बेलकोटगढी नगरपालिका, तारकेश्वर, लिखु, पञ्चकन्या र शिवपुरी गाउँपालिकामा पर्ने जग्गाधनीले मुआब्जा पाउने छन्।

कार्यालयले जग्गाधनीलाई भोगचलनसम्बन्धी प्रमाणसहित २१ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। त्यस्तै, मुआब्जा निर्धारणमा चित्त नबुझ्ने व्यक्तिले १५ दिनभित्र गृह मन्त्रालय, काठमाडौंमा उजुरी गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया