सुन र चाँदीको मूल्य आज पनि नयाँ रेकर्डमा
- BFIS News
- 2025 Sep 07 11:26
काठमाडौं । भदौ २२ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। गत साता लगातार नयाँ उच्च मूल्य कायम गर्दै आएको सुन–चाँदीको मूल्य यस दिन फेरि बढ्दै अहिलेसम्मकै उच्च स्तरमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो कारोबार दिन अर्थात शुक्रबारको तुलनामा प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो। शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि नयाँ रेकर्डमा पुगेको छ। शुक्रबार तोलाको २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँले बढेर २ हजार ५০০ रुपैयाँमा कारोबार भइरहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpeg)




प्रतिक्रिया