Nepal Life

रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद निष्काशन आजदेखि

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 09:09
रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद निष्काशन आजदेखि
National Life

काठमाडौं, भदौ २३।  रिभर फल्स पावर लिमिटेड (RFPL) ले आजदेखि (भदौ २३ गते) १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कायम १ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

यसअन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ७० करोड रुपैयाँ हुनेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन असोज १२ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ।

निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकसँगै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले संकलित रकम डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढी लगायतका कारण आयोजनाको लागत वृद्धि भई थपिएको बैंक ऋण कम गर्न प्रयोग गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया