NIMB Header 2
Nepal Life

संसद् भवन घेरेर जेनजीको सडक प्रदर्शन

National Life
  • BFIS News
  • 2025 Sep 08 12:30
संसद् भवन घेरेर जेनजीको सडक प्रदर्शन
Sanima Reliance

काठमाडौं।  सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताका युवा समूह ‘जेनजी’ सडकमा प्रदर्शनमा उत्रिएका छन्।

Shikhar
NIMB

प्रदर्शनकारीहरूले माइतीघरमा भेला भई सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वरतर्फ अघि बढेका थिए। प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो।

तर प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्दै संसद् भवनसम्म पुगेर प्रदर्शन जारी राखेका छन्। समाचार अनुसार उनीहरूले भवनभित्र बोतलसमेत प्रहार गरेका छन्।

प्रहरी र प्रदर्शनकारीबीचको अवस्था अहिले तनावपूर्ण रहेको छ र सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा राख्न प्रयास गरिरहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया