Nepal Life

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 12:34
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट
National Life

काठमाडौं।  श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको आईपीओ बाँडफाँट नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमार्फत गरिएको हो।

Shikhar
NIMB

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर, प्रति शेयर १०० रुपैयाँ अंकित दरमा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भदौ ११ देखि १६ गतेसम्म निष्काशन गरेको थियो।

सो आईपीओमा कुल ६४ हजार ८१२ जनाले १० लाख १५ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ६४ हजार ७९ आवेदन मात्र स्वीकृत भएको थियो भने १३ आवेदन रद्द भएका थिए।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको छ। नतिजाअनुसार ३० हजार ९९३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी ८ कित्ता शेयर पनि सोही लगानीकर्तामध्ये भाग्यमानी ८ जनामा थप १–१ कित्ता गरी वितरण गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया