Nepal Life

संयुक्त राष्ट्रसंघको आग्रह : नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्छ

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 22:34
संयुक्त राष्ट्रसंघको आग्रह : नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्छ
National Life

काठमाडौं, भदौ २२ – संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकहरूले आफ्नो प्रजातान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण तरिकाले प्रयोग गर्न पाउनुपर्नेमा जोड दिँदै सबै पक्षलाई संयम र सावधानी अपनाउन आग्रह गरेको छ।

Shikhar
NIMB

संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा एक पोस्टमार्फत यस्तो आग्रह गरेकी हुन्। उनले लेखेकी छन्, "नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सकुन् भन्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षहरूलाई आग्रह गर्दछु।"

सिंगर–ह्याम्डीले आज नेपालमा भएको जेनजी आन्दोलनको प्रदर्शनमा मृत्यु र घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

सरकारी तथ्याङ्क अनुसार, जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।

संयुक्त राष्ट्रसंघको यो प्रतिक्रिया मानव अधिकारको सम्मान र लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्धता जनाउने सन्देशको रूपमा आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया