NIMB Header 2
Nepal Life

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई काम जारी राख्न सर्वोच्च अदालतको अन्तरिम आदेश, एमालेको योजना बिफल

National Life
  • BFIS News
  • 2025 Sep 09 06:31
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई काम जारी राख्न सर्वोच्च अदालतको अन्तरिम आदेश, एमालेको योजना बिफल
Sanima Reliance

काठमाडौं, भदौ २४ – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमा निरन्तर काम गर्न पाउने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

 

Shikhar
NIMB

उनको नेतृत्वमा प्राधिकरणले गरेका कामहरू र प्रतिबद्धतालाई सर्वोच्चले मान्यदा दिदै यस्तो निर्णय गरेको हो। सरकारले अख्तियर दुरुपयोग अनुसन्धान आयोगको आडमा उनलाई बर्खास्त गरेको थियो। नेकपा एमालेले आफ्नो व्यक्तिलाई नियुक्त दिन नेपाली कांग्रेस सँग वार्गेनिङ गर्ने क्रममा उनि त्यसको चेपुवामा परेका हुन्। 

यस क्रममा सरकारले बीमा प्राधिकरणको अध्यक्षका लागि प्रक्रियालाई समेत अगाडी बढाइसकेको थियो। मन्त्रिपरिषदबाट खर्खास्त गर्दै फाष्ट ट्र्याकमा नियुक्त गर्न खोज्नुले पनि सरकारको लाचारीपन स्पष्ट देखिन्छ। आफै ठिक छ भनेर नियुक्ति गर्ने अनि आफै ठिक रहेनछ भनेर खर्खास्त गर्ने स्वेच्छाचारिताले व्यक्तिको करिअर नै ड्यामेज बनाउन खोजिएको थियो। 

उनको बर्खास्ती पछि अधिकाम्स बीमकहरु दुखी देखिन्थे। उनले लिएका कतिपय कदमलाई लिएर उनिहरुले सर्हाना समेत गर्दै आएका थिए। बीमा क्षेत्रको सुधार, सुव्यवस्था र डिजिटल रूपान्तरणमा ओझाले लिएका कदमले पनि उनि प्रति सबैको सकारात्मक धारणा बनिसकेको थियो। यद्यपी यो अन्तरिम आदेश हो। पुर्ण फैसला भने हुन बाँकी छ। तैपनि उनले अव काम भने गर्न पाउने भएका छन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया