Nepal Life

कर्फ्यु र निषेधाज्ञा जारी भएका क्षेत्रमा बैंक, बीमा र ब्रोकर कार्यालय बन्द, सुरक्षित रहन आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 11:36
कर्फ्यु र निषेधाज्ञा जारी भएका क्षेत्रमा बैंक, बीमा र ब्रोकर कार्यालय बन्द, सुरक्षित रहन आह्वान
National Life

काठमाडौं। बैंक वित्तीय संस्था, बीमा कम्पनी र ब्रोकर कार्यालयहरुले कर्फ्यु र निषेधाज्ञा जारी भएका क्षेत्रमा शाखा कार्यालय बन्द गरेका छन्। केन्द्रिय कार्यालयमा भने सिमित कर्मचारी बसेर सञ्चालन गरिरहेका छन्। 

Shikhar
NIMB

नेपाल धितोपत्र बोर्ड र नेप्सेले शेयर कारोबार नै बन्द गरेका छन्। त्यस्तै बैंक वित्तीय संस्थाले कर्फ्यु क्षेत्रमा शाखा कार्यालय सञ्चालन नहुने भन्दै सूचना जारी गरेका छन्। त्यस्तै बीमा कम्पनीहरुले भने निषेधाज्ञा जारी नभएका क्षेत्रमा शाखा कार्यालय सञ्चालन गर्न निर्देशन दिएका छन्। यद्यपी अहिले पुरै देशमा आन्दोलन चर्किएको छ। काठमाडौैका अधिकाम्स क्षेत्रमा टायर बालेर प्रदर्शन भइरहेको छ। 

प्रदर्शनकारीहरुले उच्चपदस्थ नेताहरुको घरघरमा गएर आगो लगाइरहेका छन्। अहिले लगभग स्थिती नियन्त्रण भन्दा बाहिर गइसकेको छ। आन्दोलनले अर्थतन्त्रमा भने धक्का पुग्ने देखिएको छ। भ्रष्टाचारको विरुद्धमा भइरहेको यस आन्दोलनले विद्यमान असफल नेतृत्वलाई चुनौती दिदै नयाँ नेतृत्व खोजिरहेको छ। विषम परिस्थितिमा सुरक्षित रहन समेत बैंक बीमा तथा वित्तीय संस्थाले कर्मचारीहरुलाई आह्वान गरेका छन्। 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया