Nepal Life

राष्ट्रपती रामचन्द्र पौडेलको निजी निवासमा आगजनी

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 12:35
राष्ट्रपती रामचन्द्र पौडेलको निजी निवासमा आगजनी
National Life

काठमाडौं, भदौ २४ – राजधानी काठमाडौंमा राजनीतिक अस्थिरता र जनआक्रोश चरममा पुगेको संकेतस्वरूप प्रदर्शनकारीहरूले राष्ट्रका प्रमुख नेताहरूको निजी निवासमा आक्रमण गरेका छन्।

Shikhar
NIMB

मंगलबार दिउँसो काठमाडौं महानगरपालिका–१६, बोहराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। एक स्थानीय बासिन्दाले भने, “घरको छतमा धुवाँको मुस्लो देखिएको छ। प्रदर्शनकारीहरूले घरलाई चारैतिरबाट घेराबन्दी गरेका छन्।”

राष्ट्रपतिको निवासमात्र नभई अन्य शीर्ष नेताहरूका घरहरू समेत आक्रमणको निशानामा परेका छन्। ललितपुरको खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', बूढानीलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, र बालकोटस्थित नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा समेत प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन्।

प्रहरी स्रोतका अनुसार स्थिति नियन्त्रणमा लिन विशेष सुरक्षा बल परिचालन गरिएको छ। यस घटनाले देशको राजनीतिक संकट थप चर्किएको आभास दिइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया