NIMB Header 2
Nepal Life

सेनादेखि मुख्य सचिवद्धारा यथाशक्य छिटो शान्तिपूर्ण समाधान खोज्न आह्वान

National Life
  • BFIS News
  • 2025 Sep 09 16:20
सेनादेखि मुख्य सचिवद्धारा यथाशक्य छिटो शान्तिपूर्ण समाधान खोज्न आह्वान
Sanima Reliance

काठमाडौं। हिजोदेखि काठमाडौंसहित देशका विभिन्न भागमा भइरहेको प्रदर्शनका क्रममा भएको ठूलो जनधनको क्षतिप्रति सरकारका उच्च पदाधिकारीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

Shikhar
NIMB

प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा पनि थप जनधनको क्षति हुन नदिन सबै आम नागरिकलाई संयमता अपनाउन सरकारद्वारा आग्रह गरिएको छ। साथै, उत्पन्न परिस्थितिको समाधान संवादमार्फत यथासक्य छिटो र शान्तिपूर्ण ढंगले खोज्न सबै पक्षमा आह्वान गरिएको छ।

आज सार्वजनिक गरिएको सरकारी अपिलमा भनिएको छ– “यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथासक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं।”

साझा अपिलमा मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिँदेल, गृहसचिव गोकर्णमणि डुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापाको हस्ताक्षर रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया