Nepal Life

राष्ट्रको सम्पदा जोगाउन जेनजीलाई राजेश हमालको आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 19:32
राष्ट्रको सम्पदा जोगाउन जेनजीलाई राजेश हमालको आग्रह
National Life

काठमाडौं । अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा सुरक्षित राख्न जेनजी पुस्तालाई आग्रह गरेका छन्।

Shikhar
NIMB

प्रहरीको गोली लागेर ज्यान गुमाएका युवाहरूको सम्झनामा सोमबार आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुँदै हमालले यस्तो अपिल गरेका हुन्। उनले उक्त दिनलाई नेपाली इतिहासको सबैभन्दा कालो दिनका रूपमा स्मरण गरे।

हमालले भने, “नेपालमा जेनजीले उठाएको कदमलाई हामी सबैले समर्थन गरेका छौं। तर, आन्दोलनमा उत्रिएका जेनजीलाई मेरो विनम्र अनुरोध छ—राष्ट्रको सम्पदा कुनै नेताको निजी सम्पत्ति होइन, ती हाम्रै सम्पत्ति हुन्। त्यसैले नाश नगरौं, संरक्षण गरौं।”

उनले नयाँ पुस्ताले भोलिका दिनमा देशको नेतृत्व गर्नुपर्ने हुँदा संरचना र सम्पदाको संरक्षण अनिवार्य हुने उल्लेख गर्दै संयमित रहन अपिल गरे।

हमालले यो आन्दोलन एक–दुई वर्षको आक्रोश नभई दशकौंसम्म उम्लिरहेको असन्तोषको विस्फोट भएको बताउँदै अब नेपालीले नै मिलेर नेपाल जोगाउनुपर्नेमा जोड दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया