Nepal Life

आजको शेयर बजार प्रति लगानीकर्ताको धारणा, ‘घट्ने भन्दा बढ्ने दर बढी’

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sun 19:04
आजको शेयर बजार प्रति लगानीकर्ताको धारणा, ‘घट्ने भन्दा बढ्ने दर बढी’
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिनमै शेयर बजार १९.४२ अंकले घटेको छ । गएको साताको अन्तिम कारोबार दिनमा नेप्से सूचक ४४.३४ अंकले बढेको थियो । बिहीबारको कारोबार नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको १२ करोडको सिमालाई खारेज गर्ने चर्चाले बढेको थियो । यो भन्दा अघिल्लो कारोबार दिनमा १६.२४ अंकले बढेको थियो ।

NIMB

तर गत शुक्रवार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले बजारमा चर्चा भए जस्तो शेयर धितो कर्जाको सिमा बढाउने विषयमा कुनै पनि निर्णय गरेन । त्यसको असर आजको शेयर बजारमा पर्यो । यसै क्रममा शेयर बजारका सक्रिय लगानीकर्ता तथा विश्लेषक नवराज दाहालले आफ्नो चर्चित फेसबुक मार्फत आज आम लगानीकर्तालाई ‘आजको बजार प्रतीको तपाइको धारणा के छ ?’ भन्ने प्रश्नमा अधिकाम्स लगानीकर्ताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यसै प्रश्नमा प्रतिक्रिया दिदै शेयर इन्भेष्टर फोरमका पूर्व अध्यक्ष तथा बजार विश्लेषक अम्बिका प्रसाद पौडेलले घट्ने भन्दा बढ्ने दर बढी छ भन्दै  बाटो सही छ भन्दै प्रतिक्रिया दिएका छन् । उनले भने जस्तै पछिल्ला दिनको कारोबारमा घट्ने भन्दा बढ्ने क्रम धेरै छ । पछिल्लो अल्पकालिन वियरिस बजारमा भदौ २१ गते सबैभन्दा तल १९३२ अंकसम्म तल झर्यो । भदौ २१ देखि गत बिहीबारको दिनसम्ममा ९७ अंकले बढ्यो । आज १६.२४ अंकले घट्दा पनि ७८ अंकको सुधार देखिन्छ । यहि उचारचढावलाई हेर्दा पनि बजार घट्ने भन्दा बढ्ने दर बढि भएको बजार विश्लेषक दाहाल बताउछन् । उनले भन्छन् ‘बजार घट्दा थोरै थोरै अङ्कले घट्छ तर धेरै दिन लगाएर घट्छ । हामीलाई लामो समय पीडा दिएको जस्तो लाग्छ हामी आत्तिन सुरु गर्छौ । तर बजार बढ्न लागेपछी बढ्दा चै ठूलो ठूलो अङ्कले बढेर चाडै माथी जान्छ अनि हामी पुरानो पीडा बिर्सिएर फेरि नयाँ जोसका साथ कारोबारमा जुट्छौ । यो प्रक्रिया पनि पूँजी बजारको लागि सबैलाइ छुट्टै मज्जा आउने प्रक्रिया हो ।’

खनाल सञ्सार फेसबुक नाम भएका लगानीकर्ताको प्रतिक्रिया भने अलि फरक छ ‘घट्नै पर्नी थियो घट्यो र बढ्न कै लागि घटेको हो । फगत हल्लामा होइन अब बोनसको आसमा सेयर किनौँ ।’ शेयर बजार कहिले पनि सरल रेखामा चल्दैन । यहि नै शेयर बजारको प्रमुख विशेषता हो । बढे पछि घट्छ अनि घटे पछि बढ्छ । यसैमा आत्तीनेहरु पनिक हुन्छन् भने अवसरको रुपमा लिनेहरुले राम्रो कमाउछन् ।

अर्का लगानीकर्ताले भने १२ करोडको सिमाका विषयमा लिखित रुपमा आयो भने बजार बढ्ने नत्र पुन बजार सेलाउने प्रतिक्रिया दिएका छन् । राजु दंगालले सानो प्रोफिट बुकिङ हो कि भन्ने अनुमान काटेका छन् । उनले प्रोफिट बुकिङ भएको ठोकुवा गर्दै बजारको यात्रा बुलिस भएको दाबी गरेका छन् ।

अर्की लगानीकर्ता पुष्पा गैरेले हेल्दी करेक्सन हो भनेकी छिन् । शेयर बजारमा लगानीकर्ताको आ-आफ्नै विश्लेषण हुन्छ । कसैको विश्लेषण पनि एक अर्कामा मेल खादैन । त्यसैले त बजारमा तिव्र उचारढाव हुने गर्छ । एउटा लगानीकर्ता अव बजार बढ्दैन भनेर बेचिरहदा अर्को लगानीकर्ताले अव बढ्छ भन्दै खरिद गरिरहेको हुन्छ । यहि कारणले रहेक दिन बजारमा करोडौको खरिद बिक्री हुन्छ । सबैले आ-आफ्नो विवेक प्रयोग गर्ने हो । त्यसैले कसैले भनेकै आधारमा शेयर खरिद बिक्री गर्ने भन्दा पनि पढेर अध्ययन गरेर कारोबार गर्नु बुद्धिमता हुन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया