NIMB Header 2
Nepal Life

निवर्तमान प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूलाई शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा सुरक्षित राखियो

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 10 21:37
निवर्तमान प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूलाई शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा सुरक्षित राखियो
Everest Bank

काठमाडौं, भदौ २५। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित वर्तमान मन्त्रिमण्डलका सबै सदस्यहरूलाई राजधानी नजिकैको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सुरक्षा व्यवस्थाका लागि राखिएको छ।

Shikhar
NIMB

नेपाली सेनाको उच्च स्रोतका अनुसार, निवर्तमान प्रधानमन्त्री ओली, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाललगायत मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई शिवपुरीस्थित सुरक्षित स्थलमा लगिएको हो।

ओलीले बुधबार राति एक पत्र जारी गर्दै आफू हाल शिवपुरीको एकान्त सुरक्षा घेराभित्र रहेको पुष्टि गरेका छन्। उक्त वक्तव्य प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

सूत्रका अनुसार, मन्त्रीहरूलाई मन्त्री निवास भैंसेपाटीबाट, भने प्रचण्ड र माधव नेपाललाई सिंहदरबारबाट हेलिकप्टरमार्फत शिवपुरी लगिएको हो। घटनाका क्रममा सिंहदरबारमा प्रचण्डले विपक्षी दलहरूको बैठक आह्वान गरेका थिए, जसमा माधव नेपाल पनि सहभागी थिए। त्यही बेला प्रचण्डको निजी निवासमा आगजनी भएको खबर आएपछि सेनाले उनीहरूलाई सुरक्षा व्यवस्था स्वरूप तत्काल उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको जनाइएको छ।

यसअघि, मंगलबार दिउँसो २ बजे केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै नेपाली सेनाले उनलाई हेलिकप्टरमार्फत बालुवाटारबाट उद्धार गरी शिवपुरीस्थित सैनिक क्याम्पमा पुर्‍याएको हो। स्रोतहरूका अनुसार, निवर्तमान प्रधानमन्त्री ओलीसहित राष्ट्रपति, मन्त्रीहरू र अन्य शीर्ष नेताहरूलाई नेपाली सेनाले पूर्ण सुरक्षा दिइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया