Nepal Life

त्रिभुवन विश्वविद्यालयले पठनपाठन छठपछि कार्तिक ११ गतेदेखि मात्र सुरु गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 11 10:40
त्रिभुवन विश्वविद्यालयले पठनपाठन छठपछि कार्तिक ११ गतेदेखि मात्र सुरु गर्ने
National Life

काठमाडौं, भदौ ११ — देशभर जारी असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते (छठ पर्वपछि) बाट मात्र सुरु गर्ने निर्णय गरेको छ।

Shikhar
NIMB

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भदौ २९, ३० र ३१ गते, असोज १, २ र ५ गते तथा कार्तिक ९ गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै कक्षा, पठनपाठन कार्य स्थगित गरिएको जानकारी दिएको छ।

"देशभर विद्यमान असामान्य अवस्थाको कारण नियमित कक्षा सञ्चालन असम्भव भएकाले हिउँदे बिदाबाट कटौती गरिने गरी उक्त निर्णय गरिएको हो," सूचनामा उल्लेख गरिएको छ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले देशभरका शिक्षण संस्था ठप्प बनेका छन्। क्याम्पसहरू प्रभावित भएपछि पठनपाठन सञ्चालनमा थप समय लाग्ने देखिएको छ। सोही पृष्ठभूमिमा त्रिभुवन विश्वविद्यालयले नियमित कक्षा सञ्चालनका लागि कार्तिक ११ गतेसम्म पर्खने निर्णय गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया