NIMB Header 2
Nepal Life

एमाले कांग्रेस र माओवादीको इसारामा शुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन आलटाल

National Life
  • BFIS News
  • 2025 Sep 11 23:33
एमाले कांग्रेस र माओवादीको इसारामा शुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन आलटाल
Sanima Reliance

काठमाडौं – मुलुक संक्रमणकालीन राजनीतिको चपेटामा रहेको बेलामा अन्तरिम सरकार गठनमा चर्को रस्साकस्सी भएको छ। प्राप्त विशेष खबरअनुसार नेपाली कांग्रेस, एमाले र माओवादीको इसारामा सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन ढिलाइ भइरहेको छ।

Shikhar
NIMB

राष्ट्रपति रामचन्द्र पौडेलले सेनाप्रमुखको सुझाब कार्यान्वयनमा आलटाल गरिरहेको आरोप लागिरहेको छ। यसैबीच, जेनजी समूहले नेपाली सेनालाई ठाडो चुनौती दिँदै राष्ट्रपतिलाई तत्काल कदम चाल्न दबाब दिएको छ।

जेनजीका प्रमुख सुदन गुरुङले ब्रिगेडियर जनरललाई फोन गरी राष्ट्रपति पौडेललाई भेट्न व्यवस्था मिलाउन आग्रह गरेका छन्। उनले राष्ट्रपतिले ढिलाइ गरेमा जबर्जस्ती बाहिर ल्याउने चेतावनीसमेत दिएका छन्। गुरुङले ११ बजेसम्म राष्ट्रपतिले कुनै निर्णय नगरे राष्ट्रपतिको कार्यालय घेराउ गर्ने र आफू ज्यान आहुति दिन तयार रहेको घोषणा गरेका छन्। साथै, उनले पौडेललाई कांग्रेसको पक्षधरको रूपमा काम गरेको आरोप लगाउँदै उनको कदमप्रति शंका व्यक्त गरेका छन्।

यसअघि, प्रधानसेनापतिले पौडेललाई राजीनामा दिन सुझाव दिएका थिए। तर पौडेलले “मलाई बरु मार तर राजीनामा दिन्न” भन्दै अस्वीकार गरेको स्रोत बताउँछ। यस घटनापछि सर्वत्र रूपमा सेनाले कु गर्ने हो कि भन्ने त्रास फैलिएको छ।

त्यसैबीच, सामाजिक सञ्जालमा जेनजी समूहले पूर्वराजालाई भेटेको भन्ने हल्ला चलेकोमा समूहले त्यस्तो भेटघाट नभएको स्पष्ट पारेको छ। साथै, आज रातै पूर्वराजा आउने भन्ने खबर पनि निराधार भएको प्रष्ट पारेका छन्।

देश संक्रमणकालीन अवस्थामा पुगेको, सेनाको सक्रियता बढ्दै गएको र नागरिकमा त्रास फैलिएको विश्लेषण गरिएको छ। कतिपयले “आजै राति राजा फर्किने हो कि” भन्ने आशंका व्यक्त गरिरहेका छन्, जसका कारण नेपाली जनतामा असामान्य त्रास र चासो बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया