United Ajod

नेपालमा एप्पलको नयाँ 'iPhone 17 Pro' सार्वजनिक, नेपाली मूल्य २ लाख रुपैयाँदेखि सुरु

Everest Bank
  • BFIS News
  • 2025 Sep Sun 08:59
नेपालमा एप्पलको नयाँ 'iPhone 17 Pro' सार्वजनिक, नेपाली मूल्य २ लाख रुपैयाँदेखि सुरु

काठमाडौं। एप्पलले नेपालमा “Awe Dropping” कार्यक्रममार्फत आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन iPhone 17 Pro को लन्च गरेको छ। गत वर्षको टाइटेनियमयुक्त iPhone 16 Pro को तुलनामा यस पटकको मोडल पूर्ण रूपमा फरक देखिन्छ। डिजाइन, प्रदर्शन, क्यामेरा, प्रोसेसरदेखि लिएर ब्याट्री क्षमतासम्म धेरै पक्षमा नयाँ परिवर्तनहरू देख्न सकिन्छ। नेपालमा आइफोनकव मूल्य न्यनतम २ लाख एक हजारदेखि २ लाख ७५ हजार रुपैयाँसम्म रहेको छ।

डिजाइन र डिस्प्ले

iPhone 17 Pro ले यसपालि टाइटेनियमको सट्टा प्रिसिजन-मिल्ड एल्युमिनियम युनिबडी प्रयोग गरेको छ, जसमा नरम घुमाउरा किनाराहरू र फराकिलो क्यामेरा “प्लाटो” दिइएको छ। तर एल्युमिनियम प्रयोग गरिए पनि यसको तौल अझै बढेको छ — अब यो २०६ ग्रामको भएको छ, जुन अघिल्लो मोडेलभन्दा बढी हो।

यसपटकको डिजाइन प्रयोगकर्ताहरूबीच थोरै विवादास्पद देखिएको छ, विशेषगरी नयाँ “Cosmic Orange” कलर अप्शनले, जसलाई केहीले “ट्राफिक कोन ओरेंज” भनेर व्यङ्ग्य पनि गरेका छन्।
स्क्रिन साइज भने ६.३ इन्चकै छ, तर अब यो ३००० निट्स ब्राइटनेससम्म जान सक्छ। Ceramic Shield 2 ग्लास र नयाँ एन्टि-रिफ्लेक्टिभ कोटिङले स्क्र्याच प्रतिरोधी बनाएको छ र बाहिरको उज्यालोमा पनि सजिलै देख्न सकिने बनाएको छ।

प्रदर्शन (Performance)

फोनमा एप्पलको नयाँ A19 Pro चिप प्रयोग गरिएको छ, जुन पहिलोपटक vapor chamber cooling सँग आएको छ। कम्पनीका अनुसार यो सेटअपले अघिल्लो वर्षको तुलनामा ४०% सम्म राम्रो sustained performance दिन्छ।

यद्यपि सामान्य प्रयोगकर्ताका लागि त्यति ठुलो फरक नपर्ला, तर गेमिङ, भिडियो एडिटिङ वा प्रोफेशनल प्रयोगका लागि चाहिँ निश्चित रूपमा सुधार देखिने एप्पलको दाबी छ।

क्यामेरा

यो मोडलको सबैभन्दा ठूलो सुधार क्यामेरा सिस्टम मा देखिएको छ। अब यसको तीनवटै रियर क्यामेरा — वाइड, अल्ट्रा-वाइड, र टेलिफोटो — सबै ४८MP का छन्। टेलिफोटो लेंस १००mm f/2.8 अपर्चरसहित आएको छ जसले x अप्टिकल जुमx 200mm "optical-quality" डिजिटल जुम सपोर्ट गर्छ।

यद्यपि, अघिल्लो iPhone 16 Pro मा x अप्टिकल जुम थियो, तर यसपटक उच्च रेजोल्युसनको क्यामेरा प्रयोग गरिएको छ (१६ प्रोमा १२MP टेलिफोटो थियो)।

भिडियो क्षमतामा पनि केही सुधार गरिएको छ — अब यसमा ProRes RAW, Apple Log 2, र Genlock सपोर्ट गरिएको छ, जुन विशेष गरी प्रोफेशनल भिडियो निर्माताका लागि उपयोगी छ।
फ्रन्ट क्यामेरा पनि १८MP भएको छ, जसले स्टेबलाइज्ड 4K HDR भिडियोDual Capture सपोर्ट गर्छ — जसले अगाडिको र पछाडिको क्यामेराबाट एकैपटक भिडियो खिच्न मिल्छ।

ब्याट्री र चार्जिङ

नयाँ डिजाइनको कारण, ब्याट्री साइज पनि अब ठूलो भएको छ। एप्पलका अनुसार iPhone 17 Pro ले अब ३३ घण्टा भिडियो प्लेब्याक सपोर्ट गर्छ, जुन अघिल्लो मोडलको २७ घण्टा भन्दा उल्लेखनीय सुधार हो।

चार्जिङ स्पीड पनि अब छिटो भएको छ — नयाँ ४०W “Dynamic Power Adapter” प्रयोग गर्दा २० मिनेटमै ५०% चार्ज गर्न सकिने दाबी गरिएको छ।

स्टोरेज र कनेक्टिभिटी

अब बेस स्टोरेज २५६GB बाट सुरु हुन्छ, जुन अघिल्लो वर्षसम्म १२८GB थियो। TB सम्मको अप्शन दिइएको छ, जबकि Pro Max मा २TB पनि पाइन्छ। कनेक्टिभिटीमा पनि Apple-designed “N1” wireless chip को प्रयोग गरिएको छ, जसले WiFi 7, Bluetooth 6, र Thread सपोर्ट गर्छ।

स्पेसिफिकेसनहरू

डिजाइन: 150 x 71.9 x 8.75 mm, 206 gm, IP68

स्क्रिन: 6.3” OLED, FHD+, 120Hz LTPO

प्रोसेसर: Apple A19 Pro (3nm)

RAM/Storage: 12GB RAM; 256GB, 512GB, 1TB

सफ्टवेयर: iOS 26

रियर क्यामेरा: Triple 48MP (Wide, Ultra-Wide, Telephoto)

फ्रन्ट क्यामेरा: 18MP with Center Stage

कनेक्टिभिटी: WiFi 7, Bluetooth 6, GPS, 5G, USB-C

ब्याट्री: 4,252mAh, 25W वायरलेस चार्जिङ

नेपालमा मूल्य र उपलब्धता

एप्पलले यसपटक मूल्य नबढाएकोले iPhone 17 Pro को २५६GB मोडलको मूल्य अमेरिकामा $1,099 राखिएको छ। नेपालमा यसको प्रारम्भिक मूल्य रु. 2,01,000 तय गरिएको छ। अन्य भेरियन्टहरूको अपेक्षित मूल्य यस प्रकार छ:

भेरियन्ट

अमेरिकी मूल्य

नेपालमा मूल्य

256GB

USD 1,099

NPR 2,01,000

512GB

USD 1,299

NPR 2,38,000

1TB

USD 1,499

NPR 2,75,000

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया