NIMB Header 2
Nepal Life

सुमना श्रेष्ठद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग, नेतृत्वप्रति गम्भीर आलोचना

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 14 13:01
सुमना श्रेष्ठद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग, नेतृत्वप्रति गम्भीर आलोचना
Everest Bank

काठमाडौं, २०७९ असोज २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले आइतबार पार्टी परित्यागको निर्णय रास्वपाको नेतृत्वलाई औपचारिक रूपमा जानकारी गराएकी हुन्।

Shikhar
NIMB

श्रेष्ठले सामाजिक सञ्जालमार्फत एक भावुक र कडा सन्देश दिँदै पार्टीको कार्यशैली र नेतृत्वको आलोचना गरेकी छन्। उनले लेखेकी छन्, "कहिल्यै गल्ती नस्वीकार्ने! गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने! पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्ध मिडिया ट्रायल गर्ने।"

उनले पार्टीमा आलोचनाको सम्मान नभएको, बरु आलोचना गर्नेहरूलाई दवाउने प्रवृत्ति मौलाएको आरोप लगाएकी छन्। "जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो, जुन स्वीकार्य छैन।"

श्रेष्ठले अन्ततः पार्टी त्याग गर्ने निर्णय सुनाउँदै लेखेकी छन्, "अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। आइ क्विट, मैले पार्टी छोडें।"

यसै सन्दर्भमा उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायत दलका तेस्रो पुस्ताका नेताहरूलाई समेत आफूले आह्वान गरेकी छन्। "आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यहोराले हो। त्यो किन बोकेर बस्नुहुन्छ? अहिले सही समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्," श्रेष्ठको कडा टिप्पणी रहेको छ।

श्रेष्ठको यो निर्णयले रास्वपाभित्रको आन्तरिक असन्तोष पुनः सतहमा ल्याएको छ। आगामी दिनमा पार्टीले यस विषयमा के प्रतिक्रिया दिनेछ, हेर्न बाँकी छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया