Nepal Life

सवारी चालक अनुमतिपत्र सेवा अनिश्चितकालका लागि बन्द 

NMB Bank
  • BFIS News
  • 2025 Sep 14 13:31
सवारी चालक अनुमतिपत्र सेवा अनिश्चितकालका लागि बन्द 
National Life

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण लगायत सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको छ।

Shikhar
NIMB

विभागले आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै भनिएको छ कि हालै विभागको संरचनामा भएको तोडफोड, आगजनी तथा चोरी/लुटपाटका कारण विभागका इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरहरूमा गम्भीर क्षति पुगेको छ। यसले गर्दा लाइसेन्स र विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवा पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिइएको छ।

विभागले सेवा पुनः सञ्चालन गर्न आवश्यक प्राविधिक मर्मत र पूर्वाधारको पुनःस्थापनाको कार्य अगाडि बढाइरहेको जनाएको छ। तर, सेवा कहिलेदेखि सुचारु हुन्छ भन्ने विषयमा निर्धारित समयसीमा नभएकोले सेवा अनिश्चितकालका लागि स्थगित गरिएको स्पष्ट गरिएको छ। सार्वजनिक सूचना मार्फत विभागले सेवाग्राहीहरूलाई हुने असुविधाप्रति क्षमा याचना गर्दै सहकार्य र धैर्यता राख्न अनुरोध गरेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया