NIMB Header 2
Nepal Life

जीवनमा सफलता कसरी पाउने ? यी हुन् १० सुत्रहरु:

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 24 22:58
जीवनमा सफलता कसरी पाउने ? यी हुन् १० सुत्रहरु:
National Life

काठमाडौं । मानव जीवनमा हामी हरेक पलपलमा सफलताको खोजीमा हुन्छौं । तर पनि हामी असफल भइरहेका हुन्छौ, किन ?  हामीले आफुले गर्न चाहेको काममा कटिबद्ध भएर लागे सफलता प्राप्त गर्न  अबश्य  सक्छौ ।

NIMB

यी हुन् जीवनमा सफलताका सुत्रहरु:

१. मानव जीवनको लक्ष्य भनेकै आफ्नो लागि होइन ,अरूको लागि बाच्नु हो । तसर्थ एउटा सच्चा मानव बन्ने प्रयास गरौं, सच्चा मानवलाई कसैले जित्न सक्दैन, किनभने सच्चा मानवको हात परमात्माले समाएको हुन्छ ।

२. ‘भोलि ‘भन्ने शब्दले संसारलाई नै रोकेर राखेको छ, तसर्थ लक्ष पूरा गर्ने हो भने ‘ भोलि’ भन्ने शब्दलाई नै आफ्नो वरिपरि आउन नदिऊ।

३. लामो धागो र लामो बचनले मानिसलाई सधै अल्झाइ रहने काम गर्दछ । तसर्थ लामो धागोलाई लपेटेर र लामो बचनलाई समेटेर राख्ने बानी मानिसको हुनुपर्छ।

४. मानव भएर जन्म लिईसकेपछि दानवी व्यवहारलाई त्याग्नुपर्छ। मानवले आफू जस्तै अन्य मानवलाई घोचपेच वा निन्दा गर्नु हुन्न साथै रूपैयाँ पैसा पनि जथाभावी-खर्च गरेर उडाऊनू हुन्न । तसर्थ संकटमा त्यहि निन्दा गरेको मान्छे र उडाएको पैसा नै काम लाग्छ।

५. मानिसले सबै भन्दा बढि खर्च गर्ने चिज नै समय हो। समय सबैभन्दा मूल्यबान हुन्छ। तसर्थ समयको सदुपयोग गर्न सिकौं। जब तिमी बितिसकेको समय सोचेर अफसोस गरी राख्छौं, त्यो समयमा पनि तिम्रो समय गूज्री रहेकै हुन्छ तसर्थ समयको महत्वलाई पहिचान गरौं। तिम्रो राम्रो समय र खुशीको समयले दुनियाँलाई तिमी कस्तो हौ भन्ने चिनाउँदछ भने तिम्रो खराब समयले तिमीलाई दुनियाँ कस्तो हो भन्ने चिनाउँदछ। तसर्थ सुख र दुख मानव जीवनको एउटा रिती हो । जसलाई सबैले खुशी खुशी स्विकार्नु पर्छ। सुखमा मातिनु र दुःखमा आत्तिनु हुँदैन।

६. मानवले आफ्नो जीवन आफैले बनाऊने र बिगार्ने गर्दछ। मानिसको सोच यदि नकारात्मक छ भने उसको सम्पूर्ण जीवनमा नै नकारात्मकताको असर परेको देखिन्छ किनभने नकारात्मक सोच हावी हुदाँ जुनसुकै कुरा चाहे आफ्नै जीवन सित सम्बन्धित किन नहोस त्यसमा पनि नकारात्मक असर पर्न जान्छ उ जीवनको कुनै क्षेत्रमा पनि सफल हुन सक्दैन । तसर्थ मानिस सधै सकारात्मक हुनै पर्छ।

यदि तिमीले सकारात्मक सोचलाई जीवनको मन्त्र बनाउँछौ भने त्यो मन्त्रले तिम्रो जीवन सुखमय र सकारात्मकताले भरिपूर्ण बनाउँछ तसर्थ तिम्रो हातमा नै छ , जीवनलाई सकारात्मक या नकारात्मक बनाउने भन्ने। आफूलाई कहिल्यै अरू भन्दा सानो र तल्लो नसोच। सकारात्मक सोचले अधि बढ्यौं भने तिम्रो जीवन तिमीले चाहे झैं हुन्छ।

७. सधै अरूलाई दिन सक्ने बनौं अरूबाट लिने कहिले नबनौं भन्ने सोच लिएर नै मानिसले जीउनु पर्छ। मुसिबतमा फसेका मानिसहरूलाई सहयोग गरौं । हाम्रो सानो तिनो सहयोग नै कसैको लागि ठूलो कुरा हुन सक्छ तसर्थ सहयोगको लागि सधैं तत्पर हुनुपर्छ जसको बदलामा उसले हामीलाई आशिष दिन्छ जसले हामीलाई मानसिक शान्ति दिन्छ। जुन खुशी हामीले अरूको आर्शिवादबाट पाउँछौ त्यो संसारमा कतैबाट पाउन सक्दैनौ । तसर्थ सेवा नै धर्म हो भन्ने भावनालाई आफ्नो जीवनको लक्ष बनाऊँ।

८. त्यस्ता पुरुष तथा स्त्री सफल हुन्छन् जसले निःस्वार्थ ब्यबहार गर्छ र सम्पूर्ण मानव जातिलाई नै भातृत्वको भाबनाले प्रेम गर्छ भने उ अबस्य नै सफलताको उच्च शिखरमा पुग्छ।

९. यदि तिमी इमानदारिताले भरिपूर्ण, सत्यवादी, अरूलाई सत्यको बाटो देखाउने उर्जावान पुरूष वा स्त्री छौं भने, जति अरूले एक शताब्दीमा भीड जम्मा गर्न सक्छ त्यो भन्दा बढी भिड जम्मा तिमीले एक बर्षमा गर्न सक्छौ। तसर्थ नेतृत्व चयन गर्दा सधै इमानदार र सत्यवादी नेतृत्वलाई नै चून्नू पर्छ।

१०. प्रेम दिन र लिन सिक। प्रेमको लागि प्रेम गर स्वार्थपूर्तिको लागि होइन । जसले निःस्वार्थ प्रेम गर्छ उसको निःस्वार्थ प्रेमको बिस्तार गहिरिदै जान्छ। जसरी जीवन जीउनलाई सास चाहिन्छ । त्यसरी नै जीवन जीउनको लागि प्रेम पनि चाहिन्छ । तर प्रेम निःस्वार्थ र समर्पित हुनुपर्छ । यस्तो प्रेमले जीवनमा सुखै सुख दिन्छ। 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया