NIMB Header 2
Nepal Life

गभर्नर पौडेल र पूर्वगभर्नर अधिकारीको जलेको घरमा सरसफाइ सुरु

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 16 13:51
गभर्नर पौडेल र पूर्वगभर्नर अधिकारीको जलेको घरमा सरसफाइ सुरु
Everest Bank

काठमाडौं । २४ भदौमा भएको जेनजीको व्यापक प्रदर्शनका क्रममा जलेका घर तथा कार्यालयहरूको सरसफाइ कार्य सुरु भएको छ। यसै क्रममा नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर डा. विश्वनाथ पौडेल र पूर्वगभर्नर महाप्रसाद अधिकारीका जलेका घर पनि सरसफाइ हुन थालेका छन्।

Shikhar
NIMB

गभर्नर पौडेलको ललितपुरस्थित भैसेपाटी निवास र चितवनको घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए। हाल दुवै घरमा सरसफाइ सुरु भएको छ।

यस्तै, पूर्वगभर्नर अधिकारीको भैसेपाटीस्थित घरमा समेत आगजनी भएको थियो। अधिकारी स्वयं भने सुरक्षित रहेका छन्।

हाल सरसफाइ कार्य भइरहेको भए पनि दुवै घर पूर्णरूपमा क्षतिग्रस्त भएकाले तत्काल बस्न लायक नरहेको जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया