United Ajod

सिंहदरबारसहित डेढ दर्जन सरकारी अड्डामा करिब हजार सवारीसाधन जलेर नष्ट

Everest Bank
  • BFIS News
  • 2025 Sep Tue 13:55
सिंहदरबारसहित डेढ दर्जन सरकारी अड्डामा करिब हजार सवारीसाधन जलेर नष्ट

काठमाडौं । सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र सरकारी निकायका करिब हजारभन्दा बढी सवारीसाधन आगजनीका कारण जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

सम्बन्धित निकायका तथ्यांकअनुसार डेढ दर्जनभन्दा बढी मन्त्रालय तथा कार्यालयमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको हो।

प्राप्त विवरणअनुसार ४४१ वटा चार पाङ्ग्रे सवारीसाधन (कार, जीप, बस) र ६०१ वटा दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटर) जलेको अनुमान गरिएको छ।

मन्त्रालयवार क्षतिको विवरण यसप्रकार छः

  • प्रधानमन्त्री कार्यालय : दुई पाङ्ग्रे ७४, चार पाङ्ग्रे ४७

  • अर्थ मन्त्रालय : दुई पाङ्ग्रे ५४, चार पाङ्ग्रे ३६

  • गृह मन्त्रालय : दुई पाङ्ग्रे ३०, चार पाङ्ग्रे २५

  • कृषि तथा पशुपन्छी विकास मन्त्रालय : दुई पाङ्ग्रे ३९, चार पाङ्ग्रे ९

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय : दुई पाङ्ग्रे ३६, चार पाङ्ग्रे ३५

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : दुई पाङ्ग्रे ४७, चार पाङ्ग्रे २६

  • युवा तथा खेलकुद मन्त्रालय : दुई पाङ्ग्रे २३, चार पाङ्ग्रे १९

  • संघीय संसद : दुई पाङ्ग्रे ३६, चार पाङ्ग्रे १८

  • वन तथा वातावरण मन्त्रालय : दुई पाङ्ग्रे १०, चार पाङ्ग्रे १७

  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : दुई पाङ्ग्रे ९

  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) : दुई पाङ्ग्रे २९, चार पाङ्ग्रे १८

  • सर्वोच्च अदालत : दुई पाङ्ग्रे गन्न नसकिने, चार पाङ्ग्रे ५१

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : दुई पाङ्ग्रे १४, चार पाङ्ग्रे २२

  • सहरी विकास तथा भवन निर्माण विभाग : दुई पाङ्ग्रे २००, चार पाङ्ग्रे ५०

  • सडक विभाग : दुई पाङ्ग्रे ७०, चार पाङ्ग्रे ६५

  • महान्यायाधिवक्ताको कार्यालय : चार पाङ्ग्रे ३

प्रारम्भिक विवरणअनुसार यी सबै सवारीसाधन पूर्णरूपमा जलेर प्रयोगयोग्य नरहेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया