NIMB Header 2
Nepal Life

कानुनको अनुपालन नहुनु देशका लागि घातक: ओझा

National Life
  • BFIS News
  • 2025 Sep 16 21:55
कानुनको अनुपालन नहुनु देशका लागि घातक: ओझा
Sanima Reliance

काठमाडौं, १ असोज। कानुन पालन गर्नु कुनै पनि राष्ट्रको सुशासन, स्थायित्व र विकासका लागि अपरिहार्य मानिन्छ। तर, कानुनको अनुपालन नगरी मनपरी प्रवृत्ति बढ्दै गए देश र समाज दुवै घातक अवस्थामा पुग्ने खतरा रहने बताउँदै कानुनका विद्यार्थी खेम राज ओझाले सबै नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।

Shikhar
NIMB

ओझाका अनुसार, कर नतिर्ने, यातायात नियम उल्लंघन गर्ने, भ्रष्टाचार गर्ने वा प्राकृतिक स्रोतको दुरुपयोग गर्ने प्रवृत्तिले राज्यलाई कमजोर बनाउँछ। यसरी कानुनलाई बेवास्ता गर्ने कार्यले न्याय, समता र सुशासन कमजोर हुन्छ र अन्ततः देशको भविष्य नै संकटमा पर्छ।

“कानुनको पालना हरेक नागरिकको कर्तव्य हो। राज्यले मात्र होइन, हामी सबैले जिम्मेवारीपूर्वक कानुनको सम्मान गर्नुपर्छ,” उनले भने।

आन्दोलन र अराजकताका खतरा

ओझाले हाल नेपालमा देखिएको जियन्जि आन्दोलनलाई पनि उदाहरणस्वरूप प्रस्तुत गर्दै भने, “शान्तिपूर्ण आन्दोलन हरेक नागरिकको अधिकार हो तर आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति नष्ट गर्नु, सडक अवरुद्ध गर्नु वा हिंसा गर्नु भनेको कानुन उल्लंघन मात्र होइन, समग्र राष्ट्रलाई अराजकतातर्फ धकेल्नु हो।”

उनका अनुसार, आन्दोलनमार्फत अधिकार खोज्ने नाममा हिंसात्मक गतिविधि बढ्दै गएकाले समाजमा असुरक्षा र विभाजनको भावना फैलिएको छ। यस्तो प्रवृत्ति रोक्न राज्य संयन्त्र र नागरिक दुवै जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।

“यदि आन्दोलनहरू कानुन र लोकतान्त्रिक अभ्यासभित्र सीमित रह्यो भने त्यो परिवर्तनको प्रेरक हुन्छ। तर, अराजकता र हिंसामा उन्मुख भयो भने राष्ट्रलाई कमजोर बनाउने घातक तत्व बन्न सक्छ,” ओझाले चेतावनी दिए।

उनको भनाइमा, कानुनलाई बेवास्ता गर्नु भनेको देशलाई असुरक्षा र अव्यवस्था तर्फ धकेल्नु हो। समाजको स्थायित्व, लोकतन्त्रको मजबुती र राष्ट्रको दीर्घकालीन विकासका लागि कानुनको पालना अनिवार्य छ।

(लेखक खेम राज ओझा कानुनका विद्यार्थी हुन्।)

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया