NIMB Header 2
Nepal Life

आज २८औं गणेशमान सिंह स्मृति दिवस मनाइँदै

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 18 09:09
आज २८औं गणेशमान सिंह स्मृति दिवस मनाइँदै
Everest Bank

काठमाडौं । आज २८औं गणेशमान सिंह स्मृति दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। २०४६ सालको जनआन्दोलनका सर्वोच्च सेनानीसमेत रहेका सिंहलाई नेपालको लोकतन्त्र पुनःस्थापनामा पुर्‍याएको योगदानका लागि आज विभिन्न तरिकाले सम्झना गरिँदैछ।

Shikhar
NIMB

गणेशमान सिंह नेपाली राजनीतिमा त्याग र साहसको प्रतीक मानिन्छन्। २०४६ सालको जनआन्दोलन सफल भएपछि उनी धेरैका लागि प्रेरणाको स्रोत बनेका थिए।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका सिंह विसं २०५४ असोज २ गते दिवंगत भएका थिए। सम्भ्रान्त परिवारमा जन्मिएका उनले विसं १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषदमार्फतै राणा शासनविरुद्धको आन्दोलनमा सक्रियता जनाएका थिए।

लोकतन्त्र प्राप्तिका क्रममा उनी लामो समय जेलमा पनि रहे। पछि भारत निर्वासनमा रहेका बेला बीपी कोइरालासँग मिलेर विसं २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए, जुन पछि नेपाली कांग्रेसमा परिणत भयो।

विसं २०१५ सालमा भएको पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा सिंह वरिष्ठ मन्त्री बनेका थिए। त्यसैगरी विसं २०३६ सालको विद्यार्थी आन्दोलन र त्यसपछिको जनमत संग्रहमा पनि उनले अग्रणी भूमिका खेलेका थिए।

स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेसका भातृ संस्था तथा शुभेच्छुक संस्थाहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। बिहान काठमाडौंको शोभा भगवतीस्थित गणेशमान सिंहको प्रतिमामा पुष्पगुच्छा अर्पण गरेर औपचारिक कार्यक्रम सुरु गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया