Nepal Life

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Sep 18 11:02
बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न
National Life

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट असोज २ गते, बिहीबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बिहान सो बाँडफाँट गरिएको हो।

Shikhar
NIMB

कम्पनीले गत भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबर पर्छ।

सो आईपीओमा २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भई २१ लाख ४३ हजार २५० आवेदन मात्र मान्य भएको कम्पनीले जनाएको छ।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा अपनाई बाँडफाँट गर्दा कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा केही समयपछि iporesult.cdsc.com.np मा हेर्न सकिने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया