Nepal Life

लाभांश पारितका लागि सानिमा र एभरेष्ट बैंकले डाके साधारण सभा, कहिलेसम्म किन्दा पाइएला बोनस ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 10:54
लाभांश पारितका लागि सानिमा र एभरेष्ट बैंकले डाके साधारण सभा, कहिलेसम्म किन्दा पाइएला बोनस ?
Sanima Reliance

काठमाडौं । लाभांश घोषणा गरिसकेका सानिमा बैंक र एभरेष्ट बैंकले साधारणसभा आह्वान गरेका छन् । एभरेष्ट बैंकले असोज ३० गतेका लागि बोलाएको छ भने सानिमाले कार्तिक २ गते डाेकेको छ ।  एभरेष्टले लैनचौर बेंक्वेट, लैनचौर काठमाडौंमा बोलाएको छ भने सानिमाले सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

NIMB

सानिमा बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ असोज २१ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

एभरेष्ट बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते बुक क्लोज गर्ने भएको हुदाँ असोज १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया