गृह मन्त्रालयले स्थापना गर्यो हेल्प डेस्क, समस्या समाधानमा सहजीकरण हुने
- BFIS News
- 2025 Sep 19 17:38
काठमाडौं । गृह मन्त्रालयले आम नागरिकलाई लक्षित गर्दै हेल्प डेस्क स्थापना गरेको छ ।
हालै जेनजी युवा पुस्ताद्वारा आयोजित प्रदर्शनपश्चात उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै समाजमा हुन सक्ने उच्छृखल गतिविधि वा अन्य समस्या परेमा उक्त हेल्प डेस्कमार्फत सहजीकरण हुने मन्त्रालयले जनाएको छ ।
यसका लागि मन्त्रालयले ९८५१३६०६०३ नम्बरको सहायता कक्ष सञ्चालनमा ल्याएको छ । नागरिकले आफ्नो सूचना, गुनासो, सल्लाह तथा सुझाव यस नम्बरमार्फत दिन सक्ने व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpeg)










प्रतिक्रिया