NIMB Header 2
Nepal Life

हेटौँडा औद्योगिक क्षेत्रमा थपिए दुई नयाँ उद्योग

Citizen Life
  • BFIS News
  • 2025 Sep 21 12:41
हेटौँडा औद्योगिक क्षेत्रमा थपिए दुई नयाँ उद्योग
National Life

हेटौँडा, मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्ला वर्षमा नयाँ उद्योग थपिने क्रम तीव्र बन्दै गएको छ । यसै क्रममा क्षेत्रभित्र दुई नयाँ उद्योग सञ्चालनको तयारीमा छन् ।

NIMB

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार हिमालय एसीपी बोर्डस् प्रालि (एलुमिनियम बोर्ड उत्पादन गर्ने) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट उत्पादन गर्ने) शीघ्र उत्पादनमा आउने तयारीमा छन् । उनका अनुसार लामो समयदेखि बन्द रहेका दुई उद्योगको सम्झौता रद्द गरी सोही स्थानमा यी नयाँ उद्योग स्थापना गरिएको हो ।

“सम्झौता भएपछि सञ्चालकहरू तत्काल तयारीमा जुटेका छन् । एक–दुई साताभित्रै यी उद्योग सञ्चालनमा आउनेछन्,” नेपालले बताए ।

यसअघि गत वैशाखदेखि लक्की पोलि इन्डष्ट्रिजले प्लास्टिक सामग्री उत्पादन र टोटल प्याकेजिङ प्रालिले बोरा उत्पादन सुरु गरिसकेको थियो । त्यस्तै २०८१ माघदेखि थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता उत्पादन र बाबा मेनिफ्याक्चर प्रालिले टिनका बाकस उत्पादन सुरु गरेका थिए ।

हाल औद्योगिक क्षेत्रमा १३ उद्योग निर्माणाधीन छन्, जसमा अधिकांश अन्तिम चरणमा पुगेको सूचना अधिकारी नेपालले जानकारी दिए । लामो समयदेखि बन्द रहेको सुप्रिम मेटल उद्योगले पनि हालै फलामको काटी उत्पादन सुरु गरेको छ ।

बन्द रहेका अन्य पाँच उद्योग—डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्रोडक्ट प्रालि—पुनः सञ्चालनका लागि तयारीमा रहेको बताइएको छ ।

अमेरिकी सहयोगमा २०२० साल मङ्सिर २० गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रमा हाल १४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

कुल ३,२२८ रोपनी क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी, गोर्खा ब्रुअरी, एसियन पेन्ट्स, पशु आहारा उद्योग, कार्टुन उद्योगलगायत प्रमुख उद्योग सञ्चालनमा छन् । साथै, परिसरभित्र हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, बीउबिजन कम्पनी, माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखा जस्ता संस्थाहरू पनि सञ्चालनमा छन् ।

हालसम्म दुई हजार १७८ रोपनी जग्गा भाडामा दिइएको छ भने २६.५२ रोपनी खाली छ । सडक, विद्युतीकरण, ढल निकासलगायत युटिलिटी सेवाले ५९७ रोपनी क्षेत्र ओगटेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया