NIMB Header 2
Nepal Life

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

National Life
  • BFIS News
  • 2025 Sep 21 13:18
नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न
Sanima Reliance

काठमाडौं, आश्विन ६ गते। नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा होटल एल्लो प्यागोडा, काठमाडौंमा आयोजित उक्त सभामा संस्थापक, शेयरधनी तथा आमन्त्रित व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

Shikhar
NIMB

सभाको प्रारम्भमा प्रबन्ध संचालक रमेश कुमार भट्टराईले उपस्थित सबैलाई स्वागत गर्दै कम्पनीको उद्देश्यमा परिर्वतनको आवश्यकता, सर्वसाधारणलाई शेयर जारी गर्ने योजना र भविष्यको रणनीतिहरूको बारेमा प्रकाश पारे।

सभामा अध्यक्ष देवेन्द्र प्रताप शाहले नेक्सजेन म्यानेजमेन्टको विगत, वर्तमान स्थिति र आगामी कार्ययोजना प्रस्तुत गर्दै कम्पनीको दीर्घकालीन लक्ष्य र योजनाको बारेमा जानकारी गराए। त्यस्तै, संचालक अजय कुमार मिश्रले उद्योग र व्यवसायमा लगानी गर्दा आउने जोखिमहरू र उचित समयमा लगानी गर्दा प्राप्त हुने फाइदाहरूको बारेमा आफ्नो अनुभव बाँडे।

साधारण सभामा संस्थापक रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रित मनोरञ्जन रमण शर्मा र विजय बहादुर शाहले कम्पनीको हालको स्थिति र भावी योजना सम्बन्धी विभिन्न जिज्ञासा प्रस्तुत गरेका थिए। ती जिज्ञासाहरूको अध्यक्ष शाह र प्रबन्ध संचालक भट्टराईले समुचित उत्तर दिएका थिए।

सभाबाट आर्थिक वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पारित गरिएको छ। साथै, कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने प्रस्ताव, आर्थिक वर्ष २०८२/०८३ को लागि लेखा परीक्षणको लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

सभाबाट जारी तथा चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्‍याउने क्रममा प्रिमियममा थप संस्थापक शेयर बिक्री गर्ने, ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने तथा सहायक कम्पनी 'एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड' मा गरिएको लगानीलाई समेत अनुमोदन गरिएको छ।

२०७५ सालमा स्थापना भएको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेड विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा रही आएको कम्पनी हो। गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्षको खुद मुनाफा जगेडाकोषमा सार्दै, नेटवर्थ अंकित मूल्यभन्दा माथि पुगेको जानकारी गराएको छ। कम्पनीले नयाँ लगानीकर्ता समेट्दै आफ्नो पूँजी, आकार र व्यवसाय विस्तार गर्ने योजना अघि सारेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया