NIMB Header 2
Nepal Life

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुनले पदभार ग्रहण

Muktinath Bank
  • BFIS News
  • 2025 Sep 22 16:33
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुनले पदभार ग्रहण
Everest Bank

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज काठमाडौंको केशर महलस्थित कार्यकक्षमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय जेनजी आन्दोलनको क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भएपछि, नयाँ मन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो।

Shikhar
NIMB

महावीर पुनसँगै आज तीन अन्य नयाँ मन्त्रीहरूले पनि पदभार ग्रहण गरेका छन्। तीमध्ये पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार रहेका छन्, जसले केही दिनअघि शपथ लिइसकेका थिए।

नेपालका चर्चित वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा मानवतावादी व्यक्तित्व महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व पाउँदा देशभरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। उनले दुर्गम हिमाली गाउँहरूमा ताररहित प्रविधिको प्रयोग गरी इन्टरनेट सुविधा पुर्‍याउने कार्यबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका छन्।

उनको नेपाल वायरलेस नेटवर्किङ परियोजना विश्वभर चर्चित भएको थियो। बीबीसीले सन् २००१ मा उनका कार्यहरूलाई विश्वसमुदायमा प्रस्तुत गरेपछि उनले युरोप र अमेरिकाबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गरे। त्यसै सहयोगमार्फत उनले म्याग्दीको नाङ्गी, राम्चे लगायतका गाउँहरूमा इन्टरनेट सेवा विस्तार गरेका थिए।

महावीर पुन ‘रोमन म्यागसेसे पुरस्कार’, ‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’ लगायतका थुप्रै अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका छन्।

शिक्षा क्षेत्रमा पनि उनको विशेष योगदान रहँदै आएको छ। उनले अमेरिका स्थित नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर अध्ययन सम्पन्न गरेका थिए। १२ वर्ष विभिन्न विद्यालयमा शिक्षण गरिसकेपछि उनी २४ वर्षपछि आफ्नै गाउँ नाङ्गी फर्किएर दिगो शिक्षाको अवधारणा लिएर हिमाञ्चल उमाविको स्थापना गरेका थिए। कम्प्युटर शिक्षा र आयमुखी कार्यक्रममार्फत गाउँको रुपान्तरण गर्ने उनको योजना थालिएको छ।

सन् २०१२ मा उनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी सूचना तथा प्रविधिको माध्यमबाट देश विकासका लागि नविनतम विचार र आविष्कारको खोज गर्ने मुनाफारहित संस्थाको सुरुआत गरेका थिए। यस संस्थालाई मूर्तरूप दिन उनले नेपाल सरकारसँग निरन्तर आग्रह गरिरहेका थिए।

अब उनी नेपाल सरकारकै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वमा रहेर आफ्ना योजनाहरूलाई सरकारी नीतिमा समेट्दै अघि बढाउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया