Nepal Life

गभर्नर र धितोपत्र बाेर्डका अध्यक्ष विच पूँजी बजारको विषयमा छलफल, '१२ करोडको सिमा बढाउने'

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 16:44
गभर्नर र धितोपत्र बाेर्डका अध्यक्ष विच पूँजी बजारको विषयमा छलफल, '१२ करोडको सिमा बढाउने'
Sanima Reliance

काठमाडौं । पूँजी बजारको विषयमा गभर्नर महाप्रसाद अधिकारीलाई जोडेर अनेकौ टिकाटिप्पणी हुँदै गर्दा आज उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हामाल सँग भेटघाट गरेका छन् । आज भएको भेटघाटको अवसरमा उनिहरु बीच पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार हाल १२ करोड रहेको सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ २० करोडसम्म पुग्न सक्छ । संस्थागततर्फ भने यति नै हुने भन्ने यकिन भइसकेको छैन । स्रोतका अनुसार यो सीमा व्यक्तिगतको भन्दा दोब्बर वा त्योभन्दा पनि बढी हुनसक्ने देखिएको छ । त्यसका लागि राष्ट्र बैंकले सर्कुलरबाट प्रस्ट पार्ने बताइएको छ ।

 

NIMB

केहि दिन अगाडी अर्थमन्त्री डा. रामशरण महतले गर्नरन अधिकारी, बोर्ड अध्यक्ष हमाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत सँग संयुक्त रुपमा बैठक गरेका थिए । यहि बैठकबाट शेयरधितो कर्जामा लगाउदै आएको १२ करोडो सिमा हटाउने छलफल भएको थियो । 

उक्त बैठक पछि गत शुक्रवार नै बस्ने सञ्चालक समितिबाट १२ करोडको सिमा हटाउने विषयमा निर्णय हुने अपेक्षा गरिएको थियो । तर राष्ट्र बैंकले यस विषयमा थप गृहकार्य गर्न खोजेको जस्तो देखिन्छ । आज पनि औपचारिक रुपमै दुइ बिच छलफल हुनु भनेको यसका विषयमा राष्ट्र बैंकले अझै केहि बुझ्न खोजिरहेको छ । 

गभर्नर अधिकारी शेयर बजार धेरै बढ्नु हुँदैन भन्ने पक्षमा छन् । यसले गर्दा पनि उनलाई शेयर बजार विरोधी गभर्नरका रुपमा चित्रण गरिन्छ । उनकै कारणले तत्कालिन अवस्थामा शेयर बजारमा एकाएक गिरावट आएको थियो । राष्ट्र बैंकले त्यतिवेलाको कदमलाई अहिले आएर करेक्सन गर्न खोज्दैछ त्यसमा पनि ठुलो राजनीतिक दवाव पछि । राष्ट्र बैंकले यहि सातामा अथवा अर्को सातामा बस्ने सञ्चालक समितिको बैठकबाट निर्णय गर्ने तयारी गरेको छ । उक्त निर्णय गर्नु भन्दा अगाडी राष्ट्र बैंकले होमवर्क गर्ने भएको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया