Nepal Life

बैंक वित्तीय संस्थाले एक महिनामै कमाए ९ अर्ब ७६ करोड मुनाफा, कुन बैंकको कति ?

NMB Bank
  • BFIS News
  • 2023 Sep 25 17:14
बैंक वित्तीय संस्थाले एक महिनामै कमाए ९ अर्ब ७६ करोड मुनाफा, कुन बैंकको कति ?
National Life

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो एक महिनामै बाणिज्य बैंक, विकास बैंक र फाइनान्सले १० अर्ब २२ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । जस मध्ये सर्वाधिक धेरै ग्लोबल आइएमई बैंकले पहिलो एक महिनामै ९९ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ ।

Shikhar
NIMB

दोस्रो धेरै मुनाफा आर्जन गर्नेमा नविल बैंक रहेको छ । नविलले एक महिनामा ७५ करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । तथ्याङ्क अनुसार नाफा नबिल र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क(एनआईएमबि) बिच टक्कर देखिएको छ । समीक्षा महिनामा एनआइएमबीले पनि ७४ करोड ७९ लाख रुपैयाँ बढी नाफा कमाएको छ । 

यस्तै, धेरै नाफा कमाउनेको चौथो स्थानमा भने हिमालयन बैङ्क देखिएको छ । समीक्षा अवधिमा हिमालयन बैङ्कले पनि ६३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । पाचौं नम्बरमा रहेको कुमारी बैङ्कले गत साउनमा ५७ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । 

यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कले ४४ करोड ७० लाख रुपैयाँ, प्राइम कमर्सियलले ४२ करोड ४८ लाख, लक्ष्मी सनराइजले ४१ करोड ५४ लाख, एनएमबिले ३८ करोड ३१ लाख, एभरेष्टले ३६ करोड ७६ लाख, नेपाल बैङ्कले ३६ करोड ४ लाख र कृषि विकास बैङ्कले ३३ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् । 

यस्तै, समीक्षा अवधिमा प्रभु बैङ्कले २९ करोड ९८ लाख रुपैयाँ, सिद्धार्थ बैङ्कले २९ करोड ९६ लाख, स्ट्याण्डर्ड चार्टर्डले २६ करोड ७८ लाख, सानिमाले २५ करोड १९ लाख रुपैयाँ, सिटिजनले २४ करोड ७६ लाख, नेपाल एसबिआइएले १६ करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन् । 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया