Nepal Life

नेपाल लाइफ इन्भेष्टमेन्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा कमलेश कुमार अग्रवाल चयन

NMB Bank
  • BFIS News
  • 2025 Sep 27 07:32
नेपाल लाइफ इन्भेष्टमेन्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा कमलेश कुमार अग्रवाल चयन
National Life

काठमाडौं, असोज ११ – नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज काठमाण्डौमा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू प्रस्तुत गरिएको थियो। जसलाई छलफल पश्चात सर्वसम्मतिले स्वीकृत गरिएको छ।

Shikhar
NIMB

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको रूपमा पि.एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

सभामा अध्यक्ष कयालले कम्पनीलाई उदाहरणीय बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासन, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम तथा अनुसन्धान, बैज्ञानिक लगानी विविधिकरण र विश्वव्यापी लगानी अभ्यासहरूलाई अपनाउँदै कार्य भइरहेको जानकारी दिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष थापाले आर्थिक वर्ष २०८१/८२ को कार्य प्रगति तथा आगामी आर्थिक वर्ष २०८२/८३ को रणनीतिक योजना सम्बन्धी प्रस्तुतीकरण मार्फत सभा सदस्यहरूलाई जानकारी गराएका थिए।

सभामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक कमलेश कुमार अग्रवालले समयमै सभा सम्पन्न गर्न सकेकोमा धन्यवाद ज्ञापन गर्दै बीमितहरूसँग संकलित रकम सुरक्षित ढंगले लगानी गरी उत्कृष्ट प्रतिफल ल्याउन कम्पनी व्यवस्थापनलाई आग्रह गरे।

त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले लगानी गर्दा मूलधनको सुरक्षा, उपयुक्त समय, सही स्थान, र उत्तम प्रतिफल सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै कम्पनीको विकासमा मूल कम्पनीको ब्राण्ड छविको प्रभावकारी उपयोग गर्न सुझाव दिए।

सभाले प्रथम वार्षिक सभासम्म कार्यरत संचालकहरूलाई धन्यवाद ज्ञापन गर्दै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका चार जना कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली, र अमित कुमार कयाललाई नयाँ सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय अनुमोदन गर्‍यो।

सभापछि बसेको सञ्चालक समितिको बैठकले कमलेश कुमार अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ। साथै, सबै नवनियुक्त संचालकहरूले आजै आफ्नो पदभार ग्रहण गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया