Nepal Life

मर्चेन्ट बैंकर्स एसोसिएसनले पूँजी बजार सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 04:57
मर्चेन्ट बैंकर्स एसोसिएसनले पूँजी बजार सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै
Sanima Reliance

काठमाडौं । मर्चेन्ट बैंकर्स एसोसिएसनले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा पूँजी बजार सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने भएको छ । धितोपत्र बोर्डको समन्वयमा एसोसिएसनले असोज १८, १९ र २० गते प्रतियोगिता आयोजना गर्न थालेको हो ।

 

NIMB

उक्त प्रतियोगितामा विभिन्न विश्वविद्यालय अन्तर्गत काठमाडौं उपत्यकामा स्नातक तह संचालन गरिरहरेका इन्छुक कलेजहरुले सूची दर्ता गराउन सक्ने छन् । कलेजहरुले यहि १२ गतेभित्र दर्ता गरिसक्नु पर्छ । प्रतियोगी स्नातक तहमा अध्ययनरत रहेको हुनु पर्नेछ । त्यस्तै एउटा कलेजले प्रत्येक संकायबाठ २ जना प्रतियोगी सम्मिलित एक एक टोली छनोट गरि पठाउनु पर्नेछ ।

प्रति टोली प्रवेश शुल्क १० हजार निर्धारण गरिएको एसोसिएसनले जनाएको छ । प्रतियोगितामा  प्रथम हुनेले एक लाख रुपैयाँ, द्वितीय हुनेले ५० हजार र त्रितीय हुनेले २५ हजार रुपैयाँ पाउने छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया