NIMB Header 2
Nepal Life

दशैंको अवसरमा मनकामना केबलकार तीन दिन बन्द हुने: नवमी, विजया दशमी र एकादशीमा नचलाउने

National Life
  • BFIS News
  • 2025 Sep 28 18:49
दशैंको अवसरमा मनकामना केबलकार तीन दिन बन्द हुने: नवमी, विजया दशमी र एकादशीमा नचलाउने
Sanima Reliance

काठमाडौं। दशैंको अवसरमा मनकामना केबलकार सेवा केही दिनका लागि अस्थायी रूपमा बन्द हुने भएको छ। मनकामना केबलकार प्रा.लि.ले एक सूचना जारी गर्दै असोज १५ गते (अक्टोबर १) महानवमी, असोज १६ गते (अक्टोबर २) विजया दशमी तथा असोज १७ गते (अक्टोबर ३) एकादशीका दिन केबलकार सेवा बन्द रहने जानकारी गराएको हो।

Shikhar
NIMB

कम्पनीले ती दिनहरूमा सेवा बन्द रहने हुँदा सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नियमित सेवा असोज १८ गते (अक्टोबर ४) शनिबारदेखि पुनः सुचारु हुने जनाएको छ।

मनकामना केबलकार प्रा.लि.ले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

यसै सन्दर्भमा, कम्पनीले सम्पूर्ण सेवाग्राही, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूलाई विजयादशमी तथा बडादशैंको पावन अवसरमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि हार्दिक मंगलकामना व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया