NIMB Header 2
Nepal Life

मनसुन सक्रियताका कारण मधेश, बागमती र कोशी प्रदेशमा भारी वर्षा, सप्तकोशीमा खतरा तह पार, सतर्कता अपनाउन आग्रह

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 06 06:07
मनसुन सक्रियताका कारण मधेश, बागमती र कोशी प्रदेशमा भारी वर्षा, सप्तकोशीमा खतरा तह पार, सतर्कता अपनाउन आग्रह
Everest Bank

काठमाडौँ । बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले २०८२ असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय रहँदा विशेषगरी मधेश, बागमती र कोशी प्रदेशमा व्यापक वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस अवधिमा केही स्थानहरूमा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ।

Shikhar
NIMB

२४ घण्टे अवधिमा (२०८२ असोज १८ बिहान ४:३० देखि १९ बिहान ४:३० सम्म) सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५८ मि.मी. मापन गरिएको छ। त्यसबाहेक इलामको हिमाली गाउँमा ३३२.६ मि.मी., पर्साको मुडलीमा ३२८.६ मि.मी., रौतहटको गौरमा ३१५.० मि.मी., र इलामको कन्याम टि स्टेट केन्द्रमा ३१४.२ मि.मी. वर्षा मापन भएको छ।

महाशाखाका अनुसार असोज १९ गते बिहान ८:४५ बजेको तथ्यांकअनुसार देशभरका २९५ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ७९, स्वचालित २१६) मध्ये १८६ वटामा वर्षा मापन गरिएको छ। तीमध्ये १०५ वटामा ५० मि.मी., ६८ वटामा १०० मि.मी., २१ वटामा २०० मि.मी. र ५ वटा केन्द्रहरूमा ३०० मि.मी. भन्दा बढी वर्षा भएको छ।

अविरल वर्षाका कारण असोज १८ गते अपरान्हदेखि बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गर्दै हाल घट्दो क्रममा रहेको छ। यस्तै, सप्तकोशी नदीले असोज १९ मा खतरा तह पार गरेको छ भने तमोर, सुनकोशी, अरुण लगायतका सहायक नदीहरूमा पनि जलसतह खतरा तह पार गर्दै हाल विस्तारै घट्दै गएको देखिएको छ।

कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङ लगायतका चुरे–महाभारत क्षेत्रबाट बहने नदीहरूमा पनि जलसतह खतरा तह पार गरी अहिले स्थिर वा घट्दो अवस्थामा छ। विशेषगरी कोशी नदीको चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रही स्थिर अवस्था देखिएकाले उक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

हाल न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेको र मनसुन कमजोर भइसकेकोले देशका अधिकांश स्थानमा मौसममा सुधार आइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, प्रभावित क्षेत्रहरूमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाइरहन सम्बन्धित निकाय र सर्वसाधारणलाई अनुरोध गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया