Nepal Life

नेपालमा सुनको मूल्य नयाँ कीर्तिमानमा, तोलाको मूल्य २,३३,१०० रुपैयाँ पुग्यो

NMB Bank
  • BFIS News
  • 2025 Oct 06 12:06
नेपालमा सुनको मूल्य नयाँ कीर्तिमानमा, तोलाको मूल्य २,३३,१०० रुपैयाँ पुग्यो
National Life

काठमाडौं, असोज २० — नेपालमा सुनको मूल्यले निरन्तर उकालो यात्रा कायम राख्दै आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला (फाइन) सुनको मूल्य तोलामा रु. २,५०० ले वृद्धि भई रु. २,३३,१०० मा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

Shikhar
NIMB

यो वृद्धिले अघिल्लो दिनको मूल्य रु. २,३०,६०० लाई उछिन्दै, २०८२ असोज १९ गते कायम गरिएको अघिल्लो कीर्तिमानसमेत पार गरेको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि उल्लेखनीय रूपमा वृद्धि भई रु. २३२,४०० मा पुगेको छ, जुन अघिल्लो दिन रु. २२९,९०० थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा रु. ३० ले बढेर रु. २,९६० मा कारोबार भएको छ, जुन अघिल्लो दिन रु. २,९३० थियो।

विनियम दर र अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दिनानुदिन चुलिँदै गएको व्यवसायीहरू बताउँछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया