Nepal Life

सामलिङ पावरको माइबेनी जलविद्युत आयोजना बाढी पहिरोबाट गम्भीर क्षतिग्रस्त

NMB Bank
  • BFIS News
  • 2025 Oct 06 12:43
सामलिङ पावरको माइबेनी जलविद्युत आयोजना बाढी पहिरोबाट गम्भीर क्षतिग्रस्त
National Life

काठमाडौं। सामलिङ पावर कम्पनी लिमिटेडले जानकारी गराए अनुसार, नेपाल सरकार तथा सम्बन्धित निकायहरूले दिएको पूर्वसूचनाका आधारमा १८ असोज २०८२ देखि इलाम जिल्ला लगायत विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यस अविरल वर्षाका कारण देशका विभिन्न भागहरूमा मानव र भौतिक क्षति भएको तथ्य सर्वविदित भइसकेको छ।

Shikhar
NIMB

यही क्रममा, १९ असोजको बिहान करिब २ देखि ३ बजेको बीचमा, अचानक आएको भीषण पहिरो र बाढीका कारण सामलिङ पावर कम्पनी लिमिटेडले निर्माण तथा सञ्चालनमा ल्याएको ९.५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको कम्पनीले जनाएको छ।

हालसम्म नदीमा आएको बाढी पूर्ण रूपमा नघटेकोले क्षतिको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिइएको छ। यद्यपि, प्रारम्भिक रूपमा आयोजनाको भौतिक संरचनामा ठूलो क्षति पुगेको पुष्टि भइसकेको छ। यस घटनाका कारण हाल आयोजना मार्फत विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको छ। कम्पनीले आगामी दिनमा थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया