Nepal Life

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना

NMB Bank
  • BFIS News
  • 2025 Oct 06 16:23
कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना
National Life

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरले कर्णाली र सुदुरपश्चितमा हल्का वर्ष सुरु भएको छ भने हिमाली भुभागमा हिमपातमा सम्भावना रहेको जनाएको छ।

Shikhar
NIMB

प्राधिकरणका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागेको छ भने ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यस वर्षको मनसुन नेपालको पश्चिमी भू-भागबाट बाहिरिसकेको भए पनि पश्चिमी वायूको प्रभावका कारण पुनः वर्षाको सम्भावना बनेको छ। मौसमविद्हरूका अनुसार विशेषगरी आज र भोली कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी ती प्रदेशका हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावना समेत रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले जारी गरेको सूचनामा भनिएको छ, "विशेष गरी कृषि र पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनका साथै मौसम सम्बन्धी सूचना तथा पूर्वानुमानको अध्यावधिक जानकारी लिनुहुन अनुरोध गरिन्छ।"

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया