Nepal Life

सिटिजन्स म्यूचुअल फण्ड र सिटिजन्स क्यापिटलले नगद लाभांश वितरण सुरु गरे

NMB Bank
  • BFIS News
  • 2025 Oct 07 09:27
सिटिजन्स म्यूचुअल फण्ड र सिटिजन्स क्यापिटलले नगद लाभांश वितरण सुरु गरे
National Life

काठमाडौं । सिटिजन्स म्यूचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना विभिन्न योजनाका युनिट होल्डरहरूलाई नगद लाभांश वितरण सुरु गरेको छ।

Shikhar
NIMB

सिटिजन्स म्यूचुअल फण्ड–२ ले ८.२५ प्रतिशत (रु. ४ करोड ६२ लाख) र सिटिजन्स सुपर ३० म्यूचुअल फण्डले १२.७५ प्रतिशत (रु. ९ करोड ५७ लाख) नगद लाभांश २०८२ साल भदौ २० गतेदेखि वितरण गर्न सुरु गरेका छन्। साथै, २०८१ फागुन १९ गते परिपक्व भएको सिटिजन्स म्यूचुअल फण्ड–१ ले अघिल्लो वर्षको १३ प्रतिशत लाभांशसहित कुल रु. ९२ करोड ६६ लाख वितरण गरेको छ, जसको नेभ (NAV) ११.३० रहेको थियो।

यससँगै सिटिजन्स क्यापिटल लिमिटेडले पनि आफ्ना शेयरधनीहरूलाई २०८२ भदौ २० गतेदेखि रु. ३ करोड २० लाख बराबरको लाभांश वितरण सुरु गरेको छ।

कम्पनीले लाभांश लिन बाँकी रहेका युनिट होल्डरहरूलाई आफ्ना बैंक खाता अद्यावधिक गर्न र सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न आग्रह गरेको छ।

सिटिजन्स बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निर्गम तथा व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन, सल्लाहकार सेवा, अन्डरराइटिङ र डिम्याट सेवा प्रदान गर्न स्वीकृत कम्पनी हो। कम्पनीको दर्ता कार्यालय काठमाडौंको दिल्लिबजार, बट्टुलेघरमा रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बडे श्रेष्ठ हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया