जोशी हाइड्रोपावरले १ लाख ८९ हजार ९२७ कित्ता हकप्रद सेयर लिलामीमा राख्दै
- BFIS News
- 2025 Oct 07 11:45

काठमाडौं, असोज २१ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले आफ्ना अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ।
कम्पनीले जारी गरेको १ः०.६५ अनुपातको हकप्रद सेयरमध्ये बाँकी १ लाख ८९ हजार ९२७ कित्ता सेयर असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म लिलामीमार्फत बिक्री गर्ने जनाएको छ।
कम्पनीका अनुसार २२ लाख २४ हजार १७३ कित्ता हकप्रद सेयर योग्य शेयरधारकहरूलाई बाँडफाँट गरिएको थियो। तर, ७.८७ प्रतिशत अर्थात् १ लाख ८९ हजार ९२७ कित्ता सेयर योग्य लगानीकर्ताबाट दाबी नभएपछि उक्त सेयर लिलामीमार्फत सर्वसाधारणमा बिक्री गर्न लागिएको हो।
जोशी हाइड्रोपावरले यसअघि २०८२ साउन १५ देखि भदौ १९ गतेसम्म आफ्ना शेयरधारकका लागि १ः०.६५ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो।
लिलामीमा व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका लगानीकर्ताहरू सहभागी हुन सक्नेछन्। लिलामीको न्यूनतम मूल्य प्रतिकित्ता रु. १०० तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण लिलामी सेयरका लागि निवेदन दिन सक्नेछन्, तर प्राधिकरणले तोकेको सीमा नाघ्न नपाइने व्यवस्था छ।
यस लिलामीको इश्यू म्यानेजर एलएस क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
प्रतिक्रिया