Nepal Life

असोज १८ गतेदेखि माथिल्लो मैलुङ खोलाको आईपीओ निष्काशन हुँदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 12:05
असोज १८ गतेदेखि माथिल्लो मैलुङ खोलाको आईपीओ निष्काशन हुँदै
Sanima Reliance

काठमाडौं । माथिल्लो मैलुङ खोलाले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ८४ हजार २ सय कित्ताका आईपीओ जारी गर्न लागेको हो ।

NIMB

कम्पनीका अनुसार एक अर्ब जारी पुँजी मध्ये रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता र सामूहिक लगानी कोषलाई ७५ हजार कित्ता बाँडफाँट गरी बाँकी रहेकोमा ९ हजार २ सय कित्ता थप गरी १२ लाख ८४ हजार २ सय कित्ता सर्वसाधारणहरूका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारमा गएका नेपालीका लागि आईपीओ निष्काशन तथा बाँडफाँड भैसकेको छ । यहि असोज १८ गतेदेखि सर्वसाधारणहरूका लागि खुल्ने आईपीओ असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । जहाँ उक्त अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोल जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जहाँ आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रूपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया