Nepal Life

यती एयरलाइन्सको उडान २५ वर्ष पूरा, प्रिमियममा आइपिओ निष्काशन गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 12:10
यती एयरलाइन्सको उडान २५ वर्ष पूरा, प्रिमियममा आइपिओ निष्काशन गर्ने
Sanima Reliance

काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले यती एयरलाइनसलाई सम्मानपत्र प्रदान गरेको छ । सोमबार एयरलाइनसको २५औं वर्षको अवसरमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनम शेर्पालाई सम्मानपत्र हस्तानतरण गरेका हुन् ।

NIMB

काठमाडौंबाट लुक्लासम्म पहिलो उडान भरेको यस एयरलाइन्सको स्थापना सन् १९९८ सेप्टेम्बर २४ मा स्थापना भएको थियो । सम्मान ग्रहण गर्दै एयरलाइन्सका अध्यक्ष शेर्पाले एयरलाइन्सलाई सार्वजनिक कम्पनीको रूपमा ल्याउने लक्ष्य लिएको बताए । उनले २५ वर्षअघि २ वटा विमानसहित एयरलाइन्स सुरू गरेको र २ वर्षपछि उनका भाइ स्वर्गीय आङ्छिरिङ शेर्पाले यसको विकासमा सहयोग गरेको मसेत बताए ।

यती एयरलाइन्सले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अब आईपीओमा जाने घोषणासमेत गरेको छ । एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले सर्वसाधारणलाई प्रिमियम शेयर दिनेगरी शेयर मार्केटमा जान लागिएको बताए । यतीले एटीआर जहाज ५ वटाबाट अब १० वटा बनाउने भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया