Nepal Life

लगातारको बृद्धि पछि सुनको भाउ ४२०० रुपैयाँले घट्यो, चाँदीको मूल्यमा सामान्य वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Oct 10 11:44
लगातारको बृद्धि पछि सुनको भाउ ४२०० रुपैयाँले घट्यो, चाँदीको मूल्यमा सामान्य वृद्धि
National Life

काठमाडौं, असोज २४ — नेपाली सुन बजारमा बिहीबार सामान्य गिरावट आएको छ। फाइन सुनको मूल्य तोलामा ४,२०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनेगोसिडा) का अनुसार आज फाइन सुनको मूल्य तोलामा २३५,००० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको २३९,२०० रुपैयाँको तुलनामा घटेको हो।

Shikhar
NIMB

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि घटेर अहिले तोलामा २३४,३०० रुपैयाँमा झरेको छ। हिजो यसको मूल्य २३८,५०० रुपैयाँ थियो। यसरी, तेजाबी सुनमा पनि तोलामा ४,२०० रुपैयाँको गिरावट देखिएको छ।

यो गिरावट असोज २२ गते (अक्टोबर ९, २०२५) को ऐतिहासिक मूल्यवृद्धिपछि आएको हो, जब फाइन सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दु २३९,२०० रुपैयाँ पुगेको थियो।

दोस्रो तर्फ, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर ३,०८५ रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य ३,०२५ रुपैयाँ थियो।

सुनको मूल्यमा आएको गिरावट अन्तर्राष्ट्रिय बजारको प्रभावसहित स्वदेशी माग तथा आपूर्तिको सन्तुलनमा आएको परिवर्तनको परिणाम हुनसक्ने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया