Nepal Life

तिहारको पुर्वसन्ध्यामा राष्ट्र बैंकले बढायो सुनको कोटा, दैनिक २५ किलो आयात गर्न सकिने

NMB Bank
  • BFIS News
  • 2025 Oct 10 13:55
तिहारको पुर्वसन्ध्यामा राष्ट्र बैंकले बढायो सुनको कोटा, दैनिक २५ किलो आयात गर्न सकिने
National Life

काठमाडौं। बजारमा सुनको अभाव बढेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा वृद्धि गरेको छ। राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै दैनिक आयात गर्न सकिने सुनको परिमाण २० किलोबाट बढाएर २५ किलो पुर्‍याएको जानकारी दिएको छ।

Shikhar
NIMB

राष्ट्र बैंकले परिपत्रमा भनेको छ, “आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ (पच्चीस) किलोग्राम कायम गरिएको छ।” सुनको आपूर्तिमा देखिएको कमी र बजारमा बढ्दो मागलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ। 

यसअघि दैनिक २० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था थियो। नयाँ व्यवस्थाले सुनको उपलब्धता सहज बनाउने अपेक्षा गरिएको छ।

साथै, राष्ट्र बैंकले इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरू मार्फत रकम ल्याउने व्यवस्थामा पनि सुधार गरेको छ। नयाँ परिपत्रअनुसार, नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयले विक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायतका प्रयोजनका लागि फिर्ता (Repatriation) नहुने रकम विदेशबाट ल्याउन सक्ने व्यवस्था गरिएको छ।

अब यस्तो रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक अधिकतम रु. २५ लाखसम्म (एकपटक वा पटकपटक) ल्याउन सकिने छ।

रकम संकलन र भुक्तानीका क्रममा विप्रेषण कम्पनीहरूले प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू अनिवार्य रूपमा लिनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। साथै, यसरी भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा तयार गरी प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग तथा आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

सुन आयात र विप्रेषण सम्बन्धी यी नयाँ व्यवस्थाहरूले बजारमा आपूर्ति र वैदेशिक मुद्रा व्यवस्थापनमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया