Nepal Life

नेशनल बायो टेक लिमिटेडले मंसिर ५ गते दोस्रो वार्षिक साधारणसभा बोलायो, सर्वसाधारणलाई आईपीओ जारी गर्ने एजेन्डा

NMB Bank
  • BFIS News
  • 2025 Oct 12 15:22
नेशनल बायो टेक लिमिटेडले मंसिर ५ गते दोस्रो वार्षिक साधारणसभा बोलायो, सर्वसाधारणलाई आईपीओ जारी गर्ने एजेन्डा
National Life

काठमाडौं। नेशनल बायो टेक लिमिटेडले आगामी मंसिर ५ गते, २०८२ मा आफ्नो दोस्रो वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ।

Shikhar
NIMB

सभा काठमाडौंको नयाँबजारस्थित ए वान क्याफे एन्ड पार्टी भेन्युमा दिउँसो २ बजे सुरु हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार साधारणसभामा निम्न प्रस्तावहरूमाथि छलफल र निर्णय गरिनेछः

१. कम्पनीको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने।
२. आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको प्रतिवेदन, नाफा–नोक्सान विवरण, वित्तीय विवरण र नगद प्रवाह विवरण स्वीकृत गर्ने।
३. कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) जारी गर्ने प्रस्ताव पारित गर्ने।
४. आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने।
५. कम्पनीको नियमावली तथा संचालक समिति (Articles of Association & Regulations) मा आवश्यक परे संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने।
६. अन्य विविध विषयहरूमा छलफल गर्ने।

नेशनल बायो टेक लिमिटेडले आईपीओ जारी गर्ने तयारीसँगै शेयर बजारमा प्रवेश गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया