Nepal Life

कैलाश हेलिकप्टरले आइपिओ निष्काशन गर्ने, पब्लिक कम्पनीमा परिणत

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Tue 18:14
कैलाश हेलिकप्टरले आइपिओ निष्काशन गर्ने, पब्लिक कम्पनीमा परिणत
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी कैलाश हेलिकप्टर सर्भिसेस प्रालि पब्लिक कम्पनी लिमिटेडमा परिणत भएको छ । पब्लिक कम्पनीमा परिणत भएसँगै कैलाशले अझ उत्कृष्ट तथा परिष्कृत सेवा प्रदान गर्न आईपीओ जारी गरेर पुँजी वृद्धि गर्ने भएको छ ।

NIMB

पब्लिक कम्पनी भएपछि हेलिकप्टर थप गर्दै जाने र त्यसअघि नै आईपीओमा जाने प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकप्टरहरूको पाँच वर्षमा पाँच थान हेली हुनैपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था पछ्याउन कैलाशले पुँजी वृद्धिसहित हेलिकप्टर थप गर्दै जाने निर्णय गरेको छ ।

कम्पनीले सन् २०२४ मा एक थान र सन् २०२६ मा एक थान थप गरी सन् २०२६ सम्म ५ हेलिकप्टर बनाउने नीति लिएको छ । अब आईपीओको प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ ।

२०७३ फागुन १७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यो कम्पनीले २३ मार्च २०१८ बाट हेलिकप्टर सेवा दिन थालेको थियो ।

कैलाशले हाल एयरबस कम्पनीका एएस ३५० सिरिजका तीनवटा हेलिकप्टरबाट सेवा प्रदान गर्दै आएको छ । असार २४ गतेको पब्लिक कम्पनीमा जाने निर्णय गरेको कम्पनीले असार ३१ देखि नै आवश्यक प्रक्रिया अघि बढाएको थियो ।

कम्पनी ऐन २०६३ को दफा ६३ बमोजिम कारोबार गर्न प्राप्त स्वीकृति तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट असोज ८ गते उडान सञ्चालन अनुमति (एओसी)मा संशोधन गरेर कैलाश हेलिकप्टर सर्भिसेस लि. भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया