नेपाल पुनर्बीमा कम्पनीमा उछाल आउदा ३० अंकको बाउन्स व्याक, राजनीतिक अस्थिरताको त्रास कायमै
- BFIS News
- 2025 Oct 26 15:08
काठमाडौं। दुई पुनर्बीमा कम्पनीमा आएको गिरावटले गएका कारोबार दिनमा समग्र नेप्से सूचक नै डाउन भइरहेकोमा आज एकै दिन ७ प्रतिशत भन्दा माथिको सुधारले नेप्से सूचक नै सकारात्मक देखिएको छ। तिहार विदा पछि खुलेको शेयर बजारमा सुरुवाति समयमै गिरावट आयो। तर अन्तिम समयमा नेपाल पुनर्बीमा सहित केहि कम्पनीमा सुधार आउदा समग्र सूचकमै टेवा पुर्याएको छ।
लो क्यापमा मात्रै रहमाइरहेका लगानीकर्ताका कारण नेप्से सूचकमा सुधार आउन सकिरहेको छैन। शेयर बजारले गति लिन सबैभन्दा पहिला हाइ क्यापका स्क्रिप्ट चल्नु पर्ने हुन्छ। आइतबार नेप्से सूचक ५.१९ अंकले सुधार देखिएको छ। सूचक २५०९.०४ अंकमा रोकिए पनि अधिकाम्स समय २५ सय भन्दा तल्लो विन्दुमा कारोबार भइरहेको थियो। आज कारोबार रकममा भने भारी गिरावट आएको छ। २ अर्ब ६६ करोडको कारोबार हुँदा ९८ वटाको शेयर मूल्यमा सुधार भएको छ।
समता घरेलु लघुवित्त, हिमालयन पावर र नेपाल पुनर्बीमा कम्पनीको शेयरमा सबैभन्दा धेरै सुधार देखिएको छ। अधिकाम्स ऋणपत्रमा सुधार देखिएको छ। पुनर्बीमाकै सर्वाधिक धेरै ३२ करोड ४९ लाखको खरिद बिक्री भएको छ।
यद्यपी शेयर बजारमा भने संशय कायमै छ। गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात निर्माण भएको सरकारले गति लिन नसक्दा अहिले चौतर्फी विरोध भइरहेको छ। विरोध मात्रै भएको छैन, यहि मौकामा विभिन्न स्वार्थ समुहहरुको चर्को आवाज पनि सुनिन थालेको छ। यसले गर्दा आगामी दिन थप अस्थिर र दिशाहिन बन्ने डरले शेयर बजारलाई पनि ठुलो धक्का लागेको छ।
तिहार विदा पछि खुलेको शेयर बजारमा ठुलो पहिरो मात्रै गएको छैन कारोबार रकममा पनि भारी गिरावट देखिएको छ। पछिल्ला केहि दिन यता दुर्गा प्रसाइ राजसंस्था फर्काउने भन्दै आन्दोलनको हौवा दिइरहेका छन्। अर्का जेनजी आन्दोलन पछि बनेको सरकार सँग असन्तुष्टी पोख्दै आइरहेका निकोलस भुषाल पनि अर्को विद्रोहको चेतावनी दिदै आइरहेका छन्। काठमाडौंका मेयर बालेन शाह अहिले मौन छन्। केहि जेनजी अगुवाहरु भने निरन्तर वार्तामा छन्।
सरकारले अहिलेसम्म पनि पुर्णता पाउन सकेको छैन। सरकार स्वय भन्दा पनि दुतावसबाट सञ्चालन भइरहेको आरोप लाग्दै आइरहेको छ। सरकार अदृश्य शक्तिको चंगुलमा पुगेको भन्दै विभिन्न समुहहरु विरोधमा छन्। नेकपा एमालेका अध्यक्ष केपि शर्मा वली तथा महेश बस्नेत बाहेक अन्य दलका नेताहरुले सार्वजनिक रुपमा आधिकारिक धारणा प्रस्तुत गरिरहेका छैनन्। यो समय अझै पनि बोल्ने बेला नभएको ठहर गर्दै उनिहरु अहिलेको धुमलिएको वातावरणबाट केहि सहजताको पर्खाइमा छन्।
यहि अवस्था रहिरहने हो र सरकारले चुनाव पनि गर्न नसक्ने हो भने फेरी पनि देशले अर्को दुर्घटना बेहोर्नु पर्ने भन्दै विश्लेषकहरु अहिलेल पर्ख र हेरको अवस्थामा छन्। शेयर बजारले राम्रो गति लिने समयमै यस्तो अवस्था आउदा लगानीकर्ताहरु भने निरास छन्। लगानीकर्ताहरु बजार बढ्न नसके पनि थप नघटोस भन्नेमा थिए। तर आन्दोलन यता शेयर बजारमा ३०० अंक भन्दा माथिले गिरावट आइसकेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया